बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन […]