बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकाले न्यायिक संबाद कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाका भित्र न्यायिक समितिको काम कर्तब्य अधिकार र प्रचलन कानुनका बिषयमा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुबिच बिषयबिज्ञद्धारा संबाद कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा नगरपालिकाको न्यायिक समितिले गर्ने काम र वडामा गर्ने मिलमिलाप प्रक्रियाबारे जानकारी दिनुका साथै नागरिकलाई छिटो छरीतो सेवाका बिषयमा संबाद तथा प्रशिक्षण कार्यक्रम गरिएको बुढीगंगा नगरपालिका न्यायिक समिति संयोजक तथा नगर उप प्रमुख माया खड्का कुवँरले बताएकी छन । उप प्रमुख तथा न्यायिक समितिका संयोजक माया खड्का कुवरले आगामी दिनमा आफ्नो नगरपालिकाले कानुनको पूर्ण रुपमा पालना गर्ने र कार्यविधि अपनाउन सबैको सहयोग आवस्यक रहेको बताएकी छन ।
न्यायिक समितिको भूमिका, मेलमिलापमा सचेतना, विवाद समाधान र सामुदायिक सहमतिको लागि मध्यस्थता प्रक्रियाको जागरूकता, नागरिक पहुँच र डिजिटल न्याय, सेवा पहुँच अभिवृद्धि र ’विद्युतीय न्याय प्रणाली’ को उपयोग गरी पारदर्शिता गर्ने उदेस्यका साथ सो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख राम बहादुर बानियाले बताए । नागरिकको आवाज, समितिबाट प्राप्त न्यायिक निरूपणको अनुभव र सुझाव साट्ने अवसर सहित यसबाट न्याय सम्पादनमा केही परिर्वतन होस भन्ने उदेस्यका साथ कार्यक्रम रहेको नगर प्रमुख बानियाले बताए ।
स्थानीय तहको विवाद स्थानीय तहमा नै मिलाउने राज्यको नीति सराहनीय भएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । मेलमिलापको माध्यमद्वारा न्याय निरूपण हुँदा “मैले केही छोडेँ, उसले केही छोड्यो” भन्ने हार्दिकता र मनोभाव पनि बढ्ने हुँदा यो व्यवस्था प्रशंसनीय रहेको बताए ।
यो प्रक्रियालाई अझ विश्वसनीय बनाउन तालिम प्राप्त मेलमिलापकर्ताको परिचालन गर्नुपर्ने तथा मेलमिलाप केन्द्रहरूको स्थापना गर्नुपर्नेमा जोड दिएका छन । प्रमुख जिल्ला अधिकारी पाध्याले नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानीय तहमा रहेको न्यायिक समिति तथा वडा मेलमिलाप केन्द्रको व्यवस्था रहेको र स्थानिय तहसंग राज्यका तिन ओटै सम्बैधानीक अंग रहेकोले यसले न्याय मेलमिलाप लगायतका कार्यहरुमा नागरिकले सहज र सरल हुने हुदा यो संम्बादले नगरपालिकाको कार्यसम्पादन परिर्वतन हुने बिस्वास रहेको बताए । प्रमुख जिल्ला अधिकारी पाध्यायले नागरिकता सम्बन्धी कुनै समस्या भए आफुसंग प्रामर्श लिन समेत अनुरोध गरेका छन ।
जिल्ला अदालत बाजुराका सेस्तेदार शंकर प्रसाद अधिकारी, र कानुन व्यवसायी तुलाराम जैशीले सहजीकरण गरेको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नगरपालिका र वडापालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । अन्तर संवाद कार्यक्रममा सहजकर्ताहरुले न्यायिक समितिमार्फत हुने मेलमिलाप विवाद समाधानको वैकल्पिक उपायको औपचारिक संयन्त्र भएको चर्चा गर्दै अन्य उपायहरू अत्यन्त महँगो हुने हुँदा यसको लोकप्रियता बढिरहेको बताएका थिए ।
न्यायिक समिति संयोजक माया खड्का कुवरको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथि बुढीगंगा नगरपालिकाका प्रमुख राम बहादुर बानिया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला अदालत बाजुराका श्रेस्तेदार शंकर प्रसाद अधिकारी, बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज जोशी रहेका थिए । कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।