• होमपेज
  • समाचार
  • चराउन लगिएका १७ वटा भैंसी चट्याङ लागेर मरे

चराउन लगिएका १७ वटा भैंसी चट्याङ लागेर मरे

  • सोमवार, बैशाख १५, २०८२
चराउन लगिएका १७ वटा भैंसी चट्याङ लागेर मरे

संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जंगल लगिएका भैंसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैंसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए । प्रहरीका अनुसार चट्याङ लागेर भैंसी मर्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली सोमबार घटनास्थलतर्फ लागेको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दुरीमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार