• होमपेज
  • बाजुरा बिशेष
  • गौमुलमा मातृत्व संरक्षण र महिला सशक्तीकरण अभियान

गौमुलमा मातृत्व संरक्षण र महिला सशक्तीकरण अभियान

  • सोमवार, बैशाख १५, २०८२
गौमुलमा मातृत्व संरक्षण र महिला सशक्तीकरण अभियान

बाजुरा– गाैमुल गाउँपालिकामा मातृत्व संरक्षण र महिला सशक्तीकरण अभियान सम्पन्न भएकाे छ । कल्प इम्पावर वेमेन नेपालले मातृत्व संरक्षण र महिला सशक्तीकरणको उद्देश्यले सञ्चालन गरेको “भुपेन्द्रा बुढा स्मृति क्याम्पिएन सी–क्याप”नामक अभियान गौमुल गाउँपालिका घट्मुनामा सम्पन्न भएको हाे ।

उक्त अभियान बडीगाड गाउँपालिका बाग्लुङ, पुथा उत्तरगंगा गाउँपालिका रुकुमपूर्व हुदैं बाजुराको गौमुल गाउँपालिकामा आयोजना गरिएको जनाएकाे छ । गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण, किशोरी संग जनप्रतिनिधि, किशोरी समूह गठन र स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३ सय ९९ घरधुरीमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।

गौमुल गाउँपालिका स्तरीय किशोरी समूहका अध्यक्ष निशा विकको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति चयन भएको थियाे । गौमुल गाउँपालिकाको अभियान समापन कार्यक्रम उपाध्यक्ष सीता थापाकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार