भारतले ६ वटा विद्यालय बनाउँदै
भारत सरकारले ५१ करोड आठ लाखको लागतमा ६ वटा माध्यमिक विद्यालय निर्माण गर्ने भएको छ । त्यसका लागि नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय काठमाडौं जिल्लामा पर्छन् […]