बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • क्याम्पस प्रमुख कटुवालकाे प्रधानमन्त्री प्रचण्डलाइ खुला पत्र

क्याम्पस प्रमुख कटुवालकाे प्रधानमन्त्री प्रचण्डलाइ खुला पत्र

  • मङ्लबार, चैत्र २८, २०७९
क्याम्पस प्रमुख कटुवालकाे प्रधानमन्त्री प्रचण्डलाइ खुला पत्र

बाजुरा — बाजुरा जिल्लाकाे बडिमालिका क्याम्पसका क्याम्पस प्रमुख बिर बहादुर कटुवालले प्रधानमन्त्री प्रचण्डलाइ खुला पत्र लेखेका छन ।

खुला पत्रमा उनले सुदुरपश्चिम विश्वविद्यालयकाे दिक्षान्त समाराेहकाे बिषयमा केही टिप्पणी समेत गरेका छन । सुदुरपश्चिम विश्वविद्यालयकाे समस्या समाधानमा प्रधानमन्त्रीले खेल्नुपर्ने भुमिका र झुटकाे खेती गरेकाे आराेप लगाएका छन ।

क्याम्पस प्रमुख कटुवालले लेखेकाे खुला पत्र यस्ताे रहेकाे छ  :

 तपाई सुदुरपश्चिम विश्वविद्यालयकाे दिक्षान्त मनाई रहँदा म आउँन पाईनँ, मैले मेरा सिनेटरसँग यतै दिक्षान्त समारोह मनाईरहेकाेले अति व्यस्तताका कारण असहभागिताका लागि क्षमा प्रार्थी छु। मलाई विश्वास नै थियाे कि तपाईंबाट याे हुन्न र यसका लागि शेर नै चाहिँन्छ भन्ने। आदर्शले भाेकाे पेट भर्न र नाङ्गाे छाला ढाेक्न सकिन्न। सुदुरपश्चिमबाटै शैक्षिक क्रान्ति रे? जाबाे २०/२५ दरबन्दी स्तरउन्नतिका( सृजना हाेईन) लागि त ठाडाे आदेशमा राेक्ने, शैक्षिक अग्रगमन रे। खायाकै हाे छाँईकाे पानी धेक्याकै हाे नाैनि।

सुदुरका दुरदराजमा थात थलाे बन्दकि राखि अध्ययन गरि क्याम्पस सञ्चालन गरि रहेका मनुवाकाे पीडा तपाईं बाट समाधान हुन्न भन्नेमा म त विश्वस्त थिए र छु पनि। अलि बिगत तिर लिन्छु, धेरै हाेईन, डेढ दशक अघि। गणतन्त्र नेपालकाे प्रथम कार्यकारीसँगकाे भेट र तपाईं सँग शैक्षिक सँस्थाकाे बिकासका लागि ” मेराे मानाेमा तपाईंको मुँठि” मिसाई दिन अनुराेध गर्दा गज्जबकाे परिदृश्य देखिएकाे थियाे।

भिँडबाट मलाई बाेलाएकाे, तपाईंकै स्टाईलमा हात मिलाएकाे, मलाई मैले गरेकाे अनुराेध फेरि भन्नाेस् त भनेकाे, अनि मेराे मानाेमा मुठि मिसाउने बाचा गरेकाे; कम्ति हाैसिएकाे थिएन म। सगरमाथा भन्दा पनि अग्लाे। डेढ दशकसम्म पूरा नभएकाे बाचा, तपाईं लाई सम्झना नहाेला तर मलाई अहिले सम्म पनि पाेल्छ। प्रचण्ड जी, यताका मनुवाहरू खुब हाैसिएका थिए, सुदुरपश्चिम विश्वविद्यालयकाे समस्या समाधान हुन्छ भनेर। वाईयात।  मैले त शेर नै चाँहिन्छ भनेकाे थिएँ र सिद्व भयाे पनि। खैर,चिन्ता छैन केही। मानाेमा मुठि त मिसाउन नसक्नेले यता शैक्षिक हब बनाउछु भन्दा लाेक्या कि माँ पनि कम्ता हाँसिनन् भन्याँ। हाल लाई यत्ति नै।

     भवदीय

वीर बहादुर कटुवाल

क्याम्पस प्रमुख 

चर्चामा

सम्बन्धित समाचार