मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

  • बिहिबार, चैत्र २, २०७९
कक्षा १ मा लिखित प्रवेश परीक्षा लिए कारबाही गरिने

काठमाडौं   –     केही ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न लिखित परीक्षा लिने तयारी गरेपछि स्थानीय तहले कारबाही गर्ने चेतावनी दिएको छ ।

विशेषगरी काठमाडौं र ललितपुरमा सञ्चालित केही ठूला विद्यालयले कक्षा १ मा भर्ना लिने तयारी गरेलगत्तै स्थानीय तहले यस्तो चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गर्ने प्रक्रिया रोक्न आग्रह गर्दै भन्नुभयो– ‘शिक्षा ऐन, नियमावली, निर्देशिकालगायत सबै कानुनमा कक्षा १ मा लिखित परीक्षा लिने व्यवस्था नभएकोले लिखित परीक्षा लिएर भर्ना लिनु कानुनविपरीत हो ।’ महानगरभित्र करिब ५ सय २० संस्थागत विद्यालय सञ्चालित छन् ।

शिक्षा विकास तथा मानव स्रोत केन्द्रले करिब दुई महिनाअघि लिखित प्रवेश परीक्षा नलिन सार्वजनिक सूचना जारी गरिसकेको जिकिर गर्दै उहाँले यस्तो अवस्थामा कक्षा १ मा लिखित परीक्षा लिएर भर्ना गरे कानुनअनुसार कारबाही गरिने बताए।

चर्चामा

सम्बन्धित समाचार