शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • शिक्षक संघको नवौं अधिवेशन:अध्यक्ष लगायत पदाधिकारीकाे मतदान हुदै

शिक्षक संघको नवौं अधिवेशन:अध्यक्ष लगायत पदाधिकारीकाे मतदान हुदै

  • आइतवार, फाल्गुन २८, २०७९
शिक्षक संघको नवौं अधिवेशन:अध्यक्ष लगायत पदाधिकारीकाे मतदान हुदै

बाजुरा — नेपाल शिक्षक संघ बाजुराको अध्यक्षका लागि सात जना उम्मेदवार बिच मतदान भइरहेकाे छ । शनिबार अधिवेशनको जिल्ला निर्वाचन कार्यालयमा शिक्षकका सात जना नेताहरुले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।  अध्यक्षमा निवर्तमान अध्यक्ष प्रेमराज पाध्याय,शिक्षक नेता खडकराजा जोशी,विष्णुप्रसाद पाण्डे,मोहनजङ्ग शाही,लाल बहादुर सुनार,सत्यकुमारी थापा र हर्कबहादुर बुढाले  उम्मेदवारी दिएका हुन् । एक जनाको पदमा ७ जनाले उम्मेदवारी दिएका छन् ।
शिक्षक संघको खुला उपाध्यक्षमा दीपकराज पाण्डे,धर्मराज पाण्डे, रामबहादुर रावत बिच मतदान भइरहेकाे छ । यसैगरी सचिवमा सचिव विपिन विष्ट र भीमबहादुर रावलको उम्मेदवारी छ।  अर्थ सचिवमा हिरा खड्का र गौरीलाल जोशीले उम्मेदवारी दिएका छन भने सह सचिव खुलामा कर्णबहादुर थापा,ज्योतीप्रकाश जोशी,नहकुल जोशी र भक्तराज खत्रीको उम्मेदवारी छ ।
शिक्षक संघको २७ जना काे जिल्ला कार्य समितिका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश र संघीय पार्षदका लागि पनि उम्मेदवारी दर्ता गराएका थिए । उक्त अधिवेशन बाट सहमति नभएपछि निर्वाचन समितिले शनिवार निर्वाचन कार्यतालिका समेत प्रकाशन गरि आज मतदान भएकाे हाे । ५ बजे सम्म मतदान पकृया हुने र त्यसपछी मतगणना हुने निर्वाचन कमिटीले जनाएकाे छ ।
निर्वाचन कार्य तालिका अनुसार मनोनय दर्ता गराएका उम्मेदवारको सहमती र सहकार्यका लागि निर्वाचन समितिले आइतबार सम्मका लागि सहमतीको समय दिएको भए पनि सहमती नहुदा निर्वाचनमा जानु परेकाे निर्वाचन मण्डलले जनाएकाे छ ।  शिक्षक संघको जिल्ला अधिवेशनमा ८९८ जनाले मतदान गर्ने छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार