मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री देउवाद्धारा विद्यालयको भवन उद्घाटन

सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री देउवाद्धारा विद्यालयको भवन उद्घाटन

  • शुक्रबार, चैत्र १७, २०७९
सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री  देउवाद्धारा  विद्यालयको भवन उद्घाटन

 टेक बहादुर बुढा, बाजुरा –    सुदूरपश्चिम प्रदेश  भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश  बहादुर देउवाले  बुढीगंगा नगरपालिका–७ मा रहेको शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका छन् । मन्त्री देउवाद्धारा उक्त विद्यालयकाे १२ काेठे भवनकाे उद्घाटन गरिएकाे  बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिँयाले बताएका छन ।

बुढीगंगा  नगरपालिका र  वडा न‍ ७  को आर्थिक सहयोगमा निमार्ण भएको दुई तले  नवनिर्मित भवनकाे  प्रदेश मन्त्री देउवाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । उक्त विद्यालयकाे भवन  बुढीगंगा  नगरपालिका र वडा कार्यालयकाे  करिव ६० लाख लागतमा  निर्माण गरिएको हो ।
विद्यालयको भवन अभावका कारण विद्यार्थीहरु खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटाउने गरी वडाबाट र नगरपालिकाको सहयोगमा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप केसीले बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप केसीको अध्यक्षतामा संचालन भएको उद्घाटन  कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा रहेका थिए । त्यस्तै विशष्ट अतिथीमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनिया,उप प्रमुख माया खड्का(कुँवर) वडाध्यक्ष भुवनसिंह केसी लगायत ९ वटै वडाका वडा अध्यक्षहरु  रहेका थिए । No description available.

चर्चामा

सम्बन्धित समाचार