बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाँकेमा वडाध्यक्षले दिए कक्षा ८ को परीक्षा

बाँकेमा वडाध्यक्षले दिए कक्षा ८ को परीक्षा

  • मङ्लबार, चैत्र १४, २०७९
बाँकेमा वडाध्यक्षले दिए कक्षा ८ को परीक्षा

बाँके   –     बाँकेमा वडाध्यक्षले कक्षा ८ को परीक्षा दिएका छन्। जिल्लाको खजुरा गाउँपालिका–५ का वडाध्यक्ष ४४ वर्षीय गरिब शेष कक्षा ८ को परीक्षामा सहभागी भएका हुन।् वडाध्यक्ष रोषले खजुराको आदर्श माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्।

नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित शेषले पढाइका लागि उमेर कहिले पनि बाधक नहुने बताए। आफूले अहिले ४४ वर्षको उमेरमा आएर कक्षामा अध्ययन गरिरहेको बताए। उनले सानो उमेरमा घरायसीलगायत कारण कक्षा ७ सम्म मात्रै अध्ययन गर्न पाएको बताए। वडाध्यक्षमा निर्वाचित भएपछि शिक्षाको महत्त्व बुझेर पढाइलाई निरन्तरता दिन लागेको भनाइ उनको छ।

चर्चामा

सम्बन्धित समाचार