बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • नेपाल शिक्षक सघं बाजुराको अध्यक्षमा पुन: पाध्याय निर्बाचित

नेपाल शिक्षक सघं बाजुराको अध्यक्षमा पुन: पाध्याय निर्बाचित

  • सोमवार, फाल्गुन २९, २०७९
नेपाल शिक्षक सघं बाजुराको अध्यक्षमा पुन: पाध्याय निर्बाचित

बाजुरा — नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा पुन: दाेस्राे पटक पनि प्रेमराज पाध्याय निर्बाचित भएका छन । आइतबार भएको निर्वाचनमा उनले १ सय ७४ मत सहित बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी खड्कराज जोशीले १ सय २२ मत प्राप्त गरेका छन । त्यसै गरी अध्यक्षका उम्मेदवार बिष्णुप्रसाद पाण्डेले १ मत, मोहनजंग शाहीले ४७ मत, लाल बहादुर सुनारले ४२ मत, सत्यकुमारी थापाले ९ मत र हर्क बहादुर बुढाले ४५  मत प्राप्त गरेका छन ।
शिक्षक संघको खुला उपाध्यक्षमा दीपकराज पाण्डे,धर्मराज पाण्डे, रामबहादुर रावत बिच मतदान हुदाँ राम बहादुर रावत २ सय ३२ मत सहित बिजयी भएका छन । उनक निकटतम प्रतिद्धन्दी दीपकराज पाण्डे १ सय ५० र धर्मराज पाण्डेले ४३ मत प्राप्त गरेका छन । यसैगरी सचिवमा २ सय ७९ मत सहित विपिन विष्ट बिजयी भएका छन भने उनका निकटतम प्रतद्धिन्दी भीमबहादुर रावलले १ सय ४४ मत सहित पराजित भएका छन ।
अर्थ सचिवमा गौरीलाल जोशी बिजयी भएका छन । उनले २ सय १८ मत सहित बिजयी भएका हुृन भने उनका निकटतम प्रतिदन्दी हिरा खड्काले २ सय ६ मत प्राप्त गरी पराजित भएका छन । सह सचिव खुलामा  कर्ण बहादुर थापा १ सय ७८ मत सहित बिजयी भएका छन । उनका निकटतम प्रतिद्धन्दी ज्योतीप्रकाश जोशीले ९८ नहकुल जोशीले ९९ भक्त बहादुर खत्रीले ४२ मत सहित पराजीत भएका छन ।
शिक्षक संघको २७ जना को जिल्ला कार्य समितिका लागि ३० जनाको उम्मेदवारी परेको थियो । सदस्यहरुमा बिजयराज पाध्याय, नकेश बहादुर धामी, बुद्ध बहादुर बिष्ट र रमेश बहादुर खत्री बिजयी भएका छन । सदस्य पदका केही उम्मेदवारहरु निर्बिरोध निर्वाचीत समेत भएका थिए ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार