शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, फाल्गुन २९, २०७९
संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य भइरहेको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं   –         प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय शिक्षा ऐन ल्याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । आज (सोमबार) पद्मोदय माध्यामिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व आफूहरु माथि रहेको बताउँदै संघीय ऐनका लागि आवश्यक पहल भइरहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको बताए । सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व आफूहरु माथि रहेको उनले बताए । र्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको पनि उनले जानकारी गराए । ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

‘देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ । यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ,’– उनले भने ।

पद्मोदय माध्यामिक विद्यालयले शैक्षिक जगतको इतिहासमा नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । विद्यालयले गुणस्तरीय, सर्वसुलभ, प्राविधिक र स्वरोजगारीमुखी शिक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका खेल्ने पनि उनले विश्वास व्यक्त गरे ।

चर्चामा

सम्बन्धित समाचार