अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव संसदमा दर्ता
काठमाडौँ- राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गगता भएका व्यक्तिको अधिकारसम्बन्धी संकल्प प्रस्ताव संसदमा दर्ता गरेका छन् । आइतबार उनले संकल्प प्रस्ताव दर्ता गराएका हुन् । राष्ट्रियसभामा दर्ता गरिएको उक्त प्रस्तावको समर्थकमा शारदा भट्ट, सिंगबहादुर विश्वकर्मा, भगवती न्यौपाने, तुलप्रसाद विश्वकर्मा रहेका छन् ।