सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • आज अटवारी पर्व मनाउँदै थारु समुदाय, सुदूरपश्चिममा सार्वजनिक बिदा

आज अटवारी पर्व मनाउँदै थारु समुदाय, सुदूरपश्चिममा सार्वजनिक बिदा

  • आइतवार, भदौ ३१, २०८०
आज अटवारी पर्व मनाउँदै थारु समुदाय, सुदूरपश्चिममा सार्वजनिक बिदा

 थारु समुदायमा अटवारी पर्व आइतबारदेखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने अटवारी पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आईतवारको दिनलाई अटवार नामले चिन्ने हुदाँ आईतबार यो पर्व सुरु भएर सोमबारसम्म मनाइने गरिन्छ।

यो पर्वमा विशेस गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको छ ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको छ।

अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले बिशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार