बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • राष्ट्रिय बाल दिवस बाजुरामा विविध सचेतनामुलक कार्यक्रम गरी मनाइयो

राष्ट्रिय बाल दिवस बाजुरामा विविध सचेतनामुलक कार्यक्रम गरी मनाइयो

  • शुक्रबार, भदौ २९, २०८०
राष्ट्रिय बाल दिवस बाजुरामा विविध सचेतनामुलक कार्यक्रम गरी मनाइयो

बाजुरा — आज भदौ २९ गते ५९ औ राष्ट्रिय बाल दिवस बाजुरामा विभिन्न विविध सचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ जिल्लाभर विविध कार्यक्रम गरि मनाइएको हो ।

बाजुराका विभिन्न स्थानिय तह तथा विद्यालयहरुमा सो दिवस भव्यताका साथ मनाइएको छ । सन् १९९० सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिबार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेपछि नेपालमा पनि विःस २०६३ सालपछि भाद्र २९ गतेलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउँदै आएको छ ।

त्यस्तै सो दिवसका अबरसरमा सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले पनि नगरस्तरीय विभिन्न कार्यक्रम गरि मनाएको छ । नगरपालिकाको आयोजनामा सदरमुकाम स्थित मालिका माविमा नगरभित्रका विभिन्न विद्यालयहरुको सहभागीतामा दिवस बनाएको हो । उक्त कार्यक्रममा चक्लेट दौड, हिसाव दौड, बक्तित्वकला प्रतियोगिता तथा कविता वाचनसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।

सो कार्यक्रममा प्रथम, द्धितिय तथा तृतियलगायतका स्थान हासिल गर्ने सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कार वितरणसमेत गरिएको थियो । बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बालबालिकाको हक अधिकार सुनिश्चितता तथा बालबालिकाहरुमा रहेका अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि नगरपालिका सदैव तत्पर रहेको बताएका छन ।
बालबालिकालाई अधिकारमात्रै दिएर उनिहरुको सर्वाङगिण विकास हुन नसक्ने भएकाले सम्पूणर् विद्यालयहरुले पढाईका साथै अतिरिक्त क्रियाकलापलाई निरन्तरता र जोड दिनुपर्ने बताएका छन ।

नगरप्रमुख अमर खड्काको अध्यक्षतामा सञ्चालन गरिएको दिवस कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै विशिष्ट अथिति नगर उप प्रमुख नन्दा थापा, प्रमुख प्रसासकिय अधिकृत देबेन्द्र सापकोटा, विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्य, विभिन्न विद्यालयका शिक्षक बिद्यार्थी अभिभावक, सरकारी तथा गैरसरकारी स‌घसस्थाका प्रतिनिधि, पत्रकारलगातका अथितिहरु रहेका थिए ।

त्यस्तै सो दिवस सदरमुकाम मार्तडीमा रहेको क्रेटरजोन ऐकेडेमीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा विज्ञान प्रर्दशन, बक्तित्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम गरि विद्यालयका प्रिन्सीफल मिन बहादुर कार्कीको अध्यक्षता र जिल्ला समन्वय समिति सदस्य लालबहादुर महाताराको प्रमुख आथित्यमा दिवस सुरु भई समापन भएको प्रिन्सीपल मिनबहादुर कार्कीले बताएका छन ।
त्यसैगरी राष्ट्रिय बालदिवस जिल्लाभरका विभिन्न पालिका तथा विद्यालयहरुमा विविध सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार