सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • साउन महिनामा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

साउन महिनामा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

  • आइतवार, भदौ ३१, २०८०
साउन महिनामा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिनामा वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको वित्तीय रिपोर्ट अनुसार साउनमा मात्र १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको हो । यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु.१२८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

चर्चामा

सम्बन्धित समाचार