आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एसिया कप क्रिकेट : श्रीलंका ५० रनमै अल आउट

एसिया कप क्रिकेट : श्रीलंका ५० रनमै अल आउट

  • आइतवार, भदौ ३१, २०८०
एसिया कप क्रिकेट : श्रीलंका ५० रनमै अल आउट

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक श्रीलंका ५० रनमै अल आउट भएको छ । कोलम्बोको आर प्रमादासा रंगशालामा जारी खेलमा श्रीलंका १५ ओभर २ बलमा अल आउट भएको हो ।

भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।

खेलमा श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशन हेमन्थाले १३ रन जोडे । श्रीलंकाका अन्य ब्याटरले दोहोरा अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ६ तथा हार्दिक पाण्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार