शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • एमालेले स्व. नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

एमालेले स्व. नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

  • शुक्रबार, भदौ २९, २०८०
एमालेले स्व. नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

काठमाडौं— नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा आज बसेको पार्टीको कार्यालय बैठकले उक्त निर्णय गरेको हो ।

विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने छ भने विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्वोधन गर्ने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू जाने जनाईएको छ ।

सो अनुसार, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेश प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जाने, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने तय भएको छ । सबै प्रदेशमा हुने विचार गोष्ठीमा विभिन्न राजनीतिक दललाई समेत आमन्त्रण गर्ने निर्णय भएको कार्यालय सचिव डा .भीष्मनाथ अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार