आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एसियाली खेलकुद : क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा

एसियाली खेलकुद : क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा

  • शुक्रबार, भदौ २९, २०८०
एसियाली खेलकुद : क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा

काठमाडौँ — चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा सेप्टेम्बर २७ मा मंगोलियासँग पहिलो खेल खेल्नेछ । एसियाली खेलकुदमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भने ट्वान्टी-२० वरीयताका आधारमा पहिले नै क्वार्टफाइनल चरणमा प्रवेश गरेका छन् ।

एसियाली खेलकुदमा क्रिकेट प्रतियोगितामा सहभागी हुने अन्य ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा मंगोलियासँगै मालदिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’ मा जापान, कम्बोडिया र हङकङ रहेको छ । त्यस्तै समूह ‘सी’ मलेसिया, सिंगापुर र थाइल्यान्ड रहेका छन् । अफगानिस्तान र बहराइनले एसियाली खेलुकद क्रिकेटबाट आफ्नो नाम फिर्ता लिएपछि नेपालले खेल्ने प्रतिद्वन्द्वी पनि परिवर्तन भएको हो ।

एसियाली खेलकुद क्रिकेटमा यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो । नेपालसँगै यी टोली समूह ‘बी’मा थिए । तर अहिले समूह ‘ए’ मा नेपालसँगै मंगोलिया र माल्दिभ्सले क्रिकेट खेल्ने भएका छन् । समूहमा ए यसअघि अफगानिस्तान थियो । अफगानिस्तानले पनि आफ्नो नाम फिर्ता लिएको छ ।

एसियाली खेलकुद र एकदिवसीय क्रिकेट विश्वकप सँगसँगै आयोजना हुने भएकाले यी देशहरुले आफ्नो ‘ए’ टोली पठाउनेछन् । नेपालले पनि समूह चरण पार गरे यिनैमध्ये कुनै एक टिमविरुद्ध खेल्न पाउनेछ ।

चर्चामा

सम्बन्धित समाचार