डोटीका नेकपा सांसद आलेमगरले हेलीकोप्टर मार्फत पठाए स्वास्थ्य सामाग्री
धनगढी : डोटीबाट निर्वाचित नेकपाका प्रतिनिधिसभा सदस्य प्रेम बहादुर आलेमगरले जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री पठाएका छन्। कोरोनाको विश्व व्यापी महामारीमा नेपालमा पहिलो पटक सुदूरपश्चिम पनि दोस्रो चरणमा प्रवेश गरेका बेला सांसद आलेमगरले उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षार्थ आवश्यक पर्ने समाग्रीहरु काठमाडौंबाट हेलीकोप्टर मार्फत डोटी पठाएका हुन्। उनले पठाएका पीपीई, मास्क, […]