शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाकाे एक स्थानियकाे घरमा आगलागी हुदा लाखाैकाे क्षेती

हिमाली गाउँपालिकाकाे एक स्थानियकाे घरमा आगलागी हुदा लाखाैकाे क्षेती

  • सोमवार, मंसिर २२, २०७७
हिमाली गाउँपालिकाकाे एक स्थानियकाे घरमा आगलागी हुदा लाखाैकाे क्षेती

बाजुरा — बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. ५ बच्छ्रयाकाे एक  स्थानीयकाे घरमा आगलागी हुदा लाखाैकाे क्षेती भएकाे छ । बच्छ्रयाकाे करणसिह मलालकाे घरमा आगलागी भएको स्थानीय राज बहादुर मलालले बताए छन् । घरमा आगलागी हुँदा मानवीय क्षेती नभएपनि पुरैघर जलेर नष्ट भएको छ ।

स्थानीय मलालका अनुसार घरका मान्छेहरु काममा गएका र घरमा कोही नभएको बेला आगलागी भएको थियो । घरमा रहेको अन्नपात लुगाकपडा तथा अन्य सम्पूर्ण धनजन जलेर नष्ट भएको बताएका छन् ।
स्थानीयका अनुसार उक्त घरमा धुवाँ अगाडिदेखि नै आई राखेको थियोे तर एकाएक आगोको मुस्लो आए पछि थाहा पाएका बताईएको छ । स्थानीयको प्रयासबाट २ घण्टापछि आगो नियन्त्रण लिएकाे यनले बताए । २० गते अागलागीबाट पिडित करणसिह मलालकाे ३ जनाकाे परिवार स्थानिय छिमेकीकाे घरमा बस्दै अाएकाे  बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार