शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • आइडिएस नेपालद्धारा बाजुराका २१ सय रोजगार बन्दै

आइडिएस नेपालद्धारा बाजुराका २१ सय रोजगार बन्दै

  • शनिबार, मंसिर २७, २०७७
आइडिएस नेपालद्धारा बाजुराका २१ सय रोजगार बन्दै

बाजुरा — एकिकृत बिकास समाज (आइडिएस) नेपालले बाजुराका ५ ओटा स्थानीय तहका २ हजार १ सय ६३ जनालाई रोजगार दिने भएको छ । कोबिट १९ जिबिकोपार्जन तथा पुनरउत्थान परियोजना बिश्व खाद्य कार्यक्रम युकेएडको आर्थिक सहयोग तथा एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा सो कार्यक्रम संचालन गरिएको छ ।
प्रधानमन्त्री रोगार कार्यक्रममा छनौट भएका हरु मध्यबाट उनिहरुलाई रोजागार दिने एकिकृत बिकास समाज नेपालका सब ईन्जीनियर योगेन्द्र बानियाले बताएका छन ।
बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेका बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा सो कार्यक्रम लागु भएको छ भने यता दक्षिणी क्षेत्रमा गौमुल गाउँपालिकामा सो कार्यक्रम रहेको एकिकृत बिकास समाज नेपालका सब ईन्जीनियर बानियाँले बताएका छन ।
हाल सबै स्थानीय तहमा कोबिट १९ जिबिकोपार्जन तथा पुनरउत्थान परियोजनाको अभिमुखी करण कार्यक्रमहरु भइरहेको कोभिट १९ जिबिकोपार्जन तथा पुनरउत्थान परियोजना एकिकृत बिकाश समाज (आइडिएस) नेपालका कार्यक्रम संयोजक मुकेश शर्माले बताएका छन ।
बाजुरा जिल्लाका ५ ओटा स्थानीय तहमा जम्म २ हजार १ सय ६३ जना मध्य १ हजार २ सय ६३ जनाले काम गरेर प्रधान मन्त्री स्वरोजगार जस्तै पारिश्रमीक पाउने र ८ सय जना जो राज्यको सेवाबाट बञ्चित भएका अशाय अपाङ्ग अनाथ अशाय एकल महिलाहरुले सो सेवा पाउने कोभिट १९ जिबिकोपार्जन तथा पुनरउत्थान परियोजना एकिकृत बिकाश समाज (आइडिएस) नेपालका कार्यक्रम संयोजक शर्माले बताएका छन ।
सो परियोजनाले ७ महिना बाजुरामा काम गर्ने भएको छ । प्रत्येक पालिकाबाट ४० जनालाई रोजागारको श्रृजना गर्ने सो कार्यक्रमको मुख्य उदेश्य रहेको आइडिएस नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाले बताएका छन । जसमा ८ सय जना राज्यको कुनै सेवा नपाएका दिर्घरोगी, भएका अशाय अपाङ्ग अनाथ अशाय एकल महिलाहरुले सो सेवा पाउने काम नगरेर सो सेवा पाउने र बाँकीले ४० दिन अनिबार्य काम गर्नुपर्ने कार्यकारी निर्देशक कोइरालाले बताएका छन ।
स्थानीय पालिकाले छनौट गरेका योजनाहरुमा उनिहरुले काम गर्नेछन र सो को प्रतिदिन ६ सय दरले ज्याला पाउने कार्यकारी निर्देशक कोइरालाले बडिमालिका खवरलाई बताएका छन । काम गर्न नसक्ने ८ सय जनाले पनी ४० दिन बराबरको ज्याला पाउने उनले बताए । यदि परियोजनाको समयाअबधीमा स्थानीय पालिकाले छनौट गरेका योजनाहरु काम गर्ने र नसकिएको अबस्थामा स्थानीय पालिकाको सहयोग तथा आइडिएसको प्राबिधीक सहयोगमा सम्पन्न गर्ने उनले बताए ।
भौतिक पुर्बाधार संगै २१ सय ६२ जनाको आर्थिक समृद्धी गर्नु मुख्य काम रहेको र सो कार्यक्रमले ति कामदारहरुको आर्थिक उपार्जनमा केही टेवा पुग्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार