• होमपेज
  • बुढिनन्दा
  • बाजुरा काेल्टी दुर्घटना अपडेट: ७ जना घाइते, घाइतेकाे नामावली सहित

बाजुरा काेल्टी दुर्घटना अपडेट: ७ जना घाइते, घाइतेकाे नामावली सहित

  • बिहिबार, मंसिर २५, २०७७
बाजुरा काेल्टी दुर्घटना अपडेट: ७ जना घाइते, घाइतेकाे नामावली सहित

बाजुरा — बाजुरा  जिल्लाको पुर्वी उत्तरी भेगका बुढीनन्दा नगरपालिका–१ बार्ताेलामा बुधबार सांझ जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन  । हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउदै गरेको से १ ज ३१० नम्बरको जीप बार्ताेलामा दुर्घटना हुदा सात जना घाईते भएको र दुई पशु चौपाया चयपिएर मरेको इलाका प्रहरी चाैकी काेल्टीले जनाएकाे छ ।
धुलाचौरबाट विवाहको जन्ती बोकेर आएको उक्त जीप दुर्घटना हुँदा मुगु जिल्ला खत्याड गाउँपालिका–२ का ३७ वर्षीय टेकबहादुर बुढा,सोही गाउँपालिकाका ३७ वर्षीय जयबहादुर बुढा रहेका छन् ।
यस्तै दुर्घटनामा परी घाइते हुनेमा बुढीनन्दा नगरपालिका–३ का ३२ वर्षीय भीमबहादुर बुढा,सोही नगरपालिकाका १६ वर्षीय दिपेन्द्र बुढा,३८ वर्षीय गंग बुढा,२२ वर्षीया सविना बुढा, १८ वर्षीया सुस्मिता बुढा, र बडीमालिका नगरपालिका–७ का तामांगकान्देन थापा भोटे रहेको रहेको  प्रहरीले जनाएकाे छ ।
घाइते भएका सातै जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपार भइरहेको छ । दुर्घटनामा परी घाइते भएका यात्रुका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीप चालक भने प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको काेल्टी प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार