बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • पुनरावेदन अदालतले अनुमति दिएपछि त्रिवेणीमा १५ शैया अस्पतालकाे शिलान्यास

पुनरावेदन अदालतले अनुमति दिएपछि त्रिवेणीमा १५ शैया अस्पतालकाे शिलान्यास

  • शुक्रबार, मंसिर २६, २०७७
पुनरावेदन अदालतले अनुमति दिएपछि त्रिवेणीमा १५ शैया अस्पतालकाे शिलान्यास

बाजुरा–पुनरावेदन अदालतले डाेटिले अनुमति दिएपछि त्रिवेणी नगरपालिकामा १५ शैया अस्पतालकाे शिलान्यास भएकाे छ । त्याे सँगै नगरपालिकाको प्रशासकिय भवनको शिलान्यास भएकाे छ । नगरपालिकाकाे वडा नं ४ टुँडेगडामा एकै साथ शुक्रवार शिलान्यास गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

१५ शैयाको अस्पतालकाे भवनकाे विवाद हुँदा नेपाल सरकारको देशैभरी स्थानिय तहमा अस्पतालका भवनहरु एकैचोटी शिलान्यास गर्ने कार्यक्रम गरिएपनि त्रिवेणी नगरपालिकामा  अस्पताल भवन कहाँ बनाउने भन्ने कुरामा विवाद हुँदा सो दिन शिलन्यास गर्न सकिएको थिएन । विवाद पुनरावेदन अदालतसम्म पुगेकाे थियाे ।

विवादित बिषयमा अदालतले नै अस्पताल भवन र नगरपालिकाको प्रसाशकिय भवन शिलान्यास गर्ने अनुमती दिएपछि शिलान्यास गरिएकाे नगरपालिकाले वताएकाे छ । एक कार्यक्रमका साथ त्रिवेणी नगरपालिकाका रामसिंह रावलले १५ शैयाको अस्पताल भवन र नगरपालिकाको प्रशासकिय भवनको एकैसाथ सिलान्यास गरेको त्रिवेणी नगरपालिकाले वताएकाे छ । भवन शिलान्यस कार्यक्रममा त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावल, उपप्रमुख राधिका सुनार, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत स्थानियकाे सहभागिता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार