बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकाद्धारा एमबुलेन्स सेवा संचालनमा

हिमाली गाउँपालिकाद्धारा एमबुलेन्स सेवा संचालनमा

  • मङ्लबार, मंसिर २३, २०७७
हिमाली गाउँपालिकाद्धारा एमबुलेन्स सेवा संचालनमा

बाजुरा जिल्लाकाे दुर्गम गाउँपालिकाकाे रूपमा चिनिने हिमाली गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएकाे छ । गाउँपालिकाले यहाँका स्थानियको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले मंगलबारबाट संचालन हुने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएकाे  हो ।

 हिमाली गाउँपालिकाका स्थानिय सिटामोल सम्म लिन पनि ५ घण्टा देखी ३ दिनको पैदल दुरी हिँडेर बुढीनन्दा नगरपालिका स्थित कोल्टी प्राथमिका स्वास्थ्य केन्द्रमा जाने गर्दछन । अहिले हिमाली गाउँपालिकाको रुगीन स्वास्थय चौकी स्वास्थ्य संस्थाहरुले स्थानियहरुलाई सहजता भएपनि अलिकती जटिल समस्या आउना साथ कोल्टी प्राथमिक स्वास्थ्य चौकी र जिल्ला अस्पताल मार्तडी आउनुपर्ने स्थानियहरुको बाध्याता छ ।

स्थानियको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाल एम्बुलेन्स सेवा संचालन गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । एम्बुलेन्स सेवा संचालनमा आएसंगै स्थानियलाई सहजता हुने भएको हिमाली गाउँपालिकाले जनाएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार