बाजुरामा पुस १५ मनाइँदै
बाजुरा– बाजुरामा आज ‘पुस १५’ पर्व मनाइँदैछ। बाजुरामा पुसे १५ को रुपमा चर्चित यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको छ। सोही अनुसार आजको दिन १५ प्रकारका परिकार खाएर बाजुरा बासिले पुस १५ मनाइरहेका हुन्। यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ। आजको रात सबैभन्दा […]