शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • केपी ओलीले नेपाली जनताको मतलाई कुठाराधात गर्यो नेता पाण्डे

केपी ओलीले नेपाली जनताको मतलाई कुठाराधात गर्यो नेता पाण्डे

  • सोमवार, पुस १३, २०७७
केपी ओलीले नेपाली जनताको मतलाई कुठाराधात गर्यो नेता पाण्डे

बाजुरा– नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रि प्रसाद पाण्डेले केपी ओलीले नेपाली जनताको मतको कदर नगरेको बताए । नेपाली जनतालाई कुठाराघात गरेको उनले बताएका छन् ।
नेपालको संबिधान हचुवाको भरमा नभएर नेपाली जनताको रगतले लेखिएको पाण्डेले बताए । नेकपाको बिबाद पछि निर्बाचनमा नेपाली काँग्रेसले हार बेहोरेको छ, निर्बाचन घोषणा गरे सोतह सहभागि होला भन्ने नठाने हुन्छ । नेपाली काँग्रेस बिधि र पद्धतिको बिरोध सधै गर्ने बताए । बिगत देखि नेपाली काँग्रेस गलत प्रबिधिको बिरोध गर्दै आएकोको उनले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा पाण्डेले  यस्तो बताएका हुन् । नेपाली कांग्रेस बाजुराले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जिल्ला सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेकाे हाे ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा कांग्रेसले एकै दिन देशै भर सडक प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत बाजुरामा पनि प्रर्दशन गरिएको कांग्रेस बाजुराले जनाएको छ ।
सदरमुकाममा आयोजित कार्यक्रमा नेपाली काँग्रेस बाजुराका केन्द्रिय स्तर देखि प्रदेश हुदै जिल्ला तहका नेताहरुले बिरोध सभा कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेपाली काँग्रेश बाजुराका सभापति कबिराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य ब्रदिप्रसाद पाण्डे, देबराज जोशी, महा नेपाली, रामसिंह रावल, दिपक शाह, नरेन्द्र रोकाया लगाएतका नेताले सम्बोधन गरेका थिए । भने कार्यक्रमको संचालन नेपाली काँग्रेसका संगठन बिभाग प्रमुख धनराज पण्डितले गरेका थिए । सम्बोधन गर्ने अधिकाँश नेताहरुले प्रधानमन्त्री केपी ओलीको कदम जंगे प्रबिधिको भएको बताए । केपी ओलीले नेपालको संबिधानलाइ कुल्चीएको बताए । तर नेपाली काँग्रेस त्यो कदमबाट पछि हटन नेपाली काँग्रेस सडकबाटै चेतावनी दिईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार