• होमपेज
  • समाज
  • सिडियो उपाध्यायले घरमै पुगेर ८३ बर्षिय सीतालाइ नागरिकता दिए

सिडियो उपाध्यायले घरमै पुगेर ८३ बर्षिय सीतालाइ नागरिकता दिए

  • सोमवार, पुस १३, २०७७
सिडियो उपाध्यायले घरमै पुगेर ८३ बर्षिय सीतालाइ नागरिकता दिए

बाजुरा–अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बिकट गाँउमा गएर नागरिकता दिएका छन् । लामो समय सम्म नागरिकता बनाउनका लागि बिभिन्न प्रयास गरेपनि नागरिकता प्राप्त गर्न नपाएकि ८३ वर्षीया सीता ढोलीलाई नागरिकता दिएको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।
चौरपाटि गाँउपालिका २ सोकटमा सीता ढोलीको घरमै पुगेर नागरिकता दिएको प्रजिअ उपाध्यायले वताएका छन् । बिभिन्न कारणले सीताले नागरिकता बनाउन नसकेको जानकारी पाएपछि उनकै घरमै पुगेर नागरिकता दिएको उपाध्यायले वताए । सदरमुकाम मंगलसेन बाट ६० किलोमिटर टाढा सोकट गाँउमा पुगेर सीता सँगै ६२ बर्षीया कमली भुललाई समेत नागरिकता बितरण गरेको थियो । नागरिकता सँगै दुवै जनालाई एक एक थान न्यानोका लागि कम्मल पनि वितरण गरेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ ।
नागरिकता नहुँदा सिताले सरकार बाट पाउने सेवा सुबिधा बाट बञ्चित भएकि थिईन् । नागरिकता नभएकै कारण उनी मताधिकार र सामाजिक सुरक्षा बाट बञ्चित रहेकि थिईन् । नागरिकता पाईसकेपछि खुशि हुदै सिताले भनिन्, नागरिकताका लागि धेरै प्रयास गरे तर पाँउन सकेको थिएन्, सिडियो साप घरमै पुगेर नागरिकता पाँउदा निकै खुशि भएको वताईन् । गरिब असाहयका लागि सरकार हेरदैन सोचेको थिए, तर हाम्रा लागि पनि सरकार रहेछ भन्ने लागेको सिताले वताईन् ।
जिल्ला प्रशासन कार्यलय अछामले पछिल्लो समय गाँउमा गएर पनि सेवा दिने गरेको चौरपाटि गाँउपालिकाका अध्यक्ष हर्क साउदले वताएका छन् । सिता जस्तै धेरैले गाँउमानै सेवा पाएको छ, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको टिमले जनतालाई सहज हुने काम गरिरहेको वताएका छन् । सेवा बाट बिमुख रहेका जनतालाई आफै खोजेर प्रशासनले सेवा दिइरहेको छ । जिल्ला प्रशासन कार्यलय अछामले बयबृद्धलाई न्यानोका लागि कमल बितरण र जिल्ला प्रशासन कार्यलयमा सेवा लिन आउनेका लागि नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार