राहदानि दिदैमा सरकारले ठुलो काम सम्झियो,
युवा देशबिहिन आफ्नो शुरक्षित ठाम सम्झियो।
आफुले त सदियौँ कटपुतली नाच नाचे हुँनेरैछ,
ठिक बिदेशी दलालि मै कमाउँने दाम सम्झियो।
गरिबले खाडिमा पसिना बगाउँदा पनि खुसिछ,
साहुले दिएको पसिनाको बदला माम सम्झियो।
मज्दुरहरु लाई त जस्तो भयपनि कामै प्यारोछ,
नेताले काम गरीखानु आफ्नो बद्नाम सम्झियो।
बुढी आमा पेटिमा बसेर हेर्दै थिए परदेशी छोरा,
रातो बाकस आउँदापनि धनको खाम सम्झियो।
तन्नेरी छोरा देखेपछि बा आमा धुरु धुरु रुँदानी,
आफैलाई कोश्छन र कर्मकै परिणाम सम्झियो।