• होमपेज
  • समाचार
  • सरकारका प्रवक्ताको हावादारी दाबीः कोरोना निर्मुल भएजस्तो लागिरहेको छ

सरकारका प्रवक्ताको हावादारी दाबीः कोरोना निर्मुल भएजस्तो लागिरहेको छ

  • आइतवार, पुस १२, २०७७
सरकारका प्रवक्ताको हावादारी दाबीः कोरोना निर्मुल भएजस्तो लागिरहेको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरस (कोभिड(१९) निर्मुल भएको अपत्यारिलो दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित आइसीटी अवार्ड कार्यक्रममा मन्त्री गुरुङले आफूलाई कोभिड–१९ निर्मुल भएको महसुस भएको जिकिर गरे । पछिल्लो समय संक्रमित संख्या घट्दै जानु त्यसको उदाहरण भएको तर्क उनको छ । बेलायतसहितका देशमा कोरोनाको नयाँ जिवाणु भेटिएसँगै थप भयावह अवस्था आउन सक्ने आशंकाबीच सरकारका प्रवक्तासमेत रहेका गुरुङको यस्तो दाबी आएको हो ।
नेपालमा भने संक्रमण दर घटेको नभई पीसीआर परीक्षण गराउनेको संख्या घटेका कारण संक्रमितको संख्यामा कमी आएको हो । तर, मन्त्री गुरुङले भने, ‘पछिल्ला दिनमा कोभिड( १९ संक्रमितको दर घटिरहेको छ । यसले मलाई कोभिड( १९ निर्मुल भएको आभाष भएको छ ।’ गुरुङले यसो भनिरहँदा नेपालमा शनिबार मात्र ५ सय बढी नयाँ संक्रमित थपिएको जानकारी स्वास्थ्य मन्त्रालयले दिइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार