मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री जि! प्रतिबद्धता प्रतिको जवाफदेहिता खै?

प्रधानमन्त्री जि! प्रतिबद्धता प्रतिको जवाफदेहिता खै?

  • सोमवार, पुस ६, २०७७
प्रधानमन्त्री जि! प्रतिबद्धता प्रतिको जवाफदेहिता खै?

केपी ओलि नेतृत्वको नेकपा सरकारले संसद विघटन गरे संगै विभिन्न चर्चा-परिचर्चा सुरु भएको छ| नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव एवम् कांग्रेस युवा नेता योगेन्द्र रावलले केपि शर्मा ओलि नेतृत्वको सरकारले निर्वाचनको बेला नेपाली जनता सामु गरेका प्रतिबद्धता प्रतिको जवाफदेहिता खै भन्दै प्रश्न गरेका छन् ।

संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको भदै रावलले नेकपा पार्टीको घोषणा-पत्र संगै राखेर जनता प्रतिको गद्दारी भनेका छन् | नेपाल जस्तो गरिव राष्ट्रले ३/३ बर्षमा ब्यक्तिको लहठमा लागेर मध्यावती निर्वाचन गर्दै जाने हो भने देश कंगाल हुने भन्दै रावलले ओलिको असंबैधानिक कदमको भन्डाफोर गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको औल्याएका छन् ।

हिजो पुर्व-पश्चिम रेल,उत्तर-दक्षिण रेल,काठमाडौं-केरुङ रेल तर आज बिकासको सिन्को भाच्न नसक्दा आफ्नै सचिवालयमा फेल,स्थाई समितिमा फेल,केन्द्रिय समिति हुँदै संसदिय दलमा फेल भएपछी ओलिले असंबैधानिक कदम चाल्दै जनताको सर्बोच्च थलो संसद विघटन गरि राजनैतिक-कु गर्नु पुर्व राजा ज्ञानेन्द्र शाह प्रवृत्तिको पुनरबहाली भएको भन्दै रावलले नेपालमा, नेपाल कम्युनिष्ट पार्टिको सिद्धान्त माथी नै प्रश्न गर्दै औचित्य समाप्त भएको बताएका छन् ।

बराल्लिएको नेकपा ओलि नेतृत्वको सरकारले आफ्ना गलत कदम विरूद्ध आवाज उठाउनेलाइ ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गरि अराजकता फैलाउन लागेको भन्दै नेता रावलले त्यसको प्रतिवाद गर्ने बताएका छन् । राष्ट्रपति पदको दुरुपयोग गर्ने, प्रदेश सरकारलाई केन्द्र सरकारको ईकाईका रुपमा बुझ्ने, संबैधानिक नियुक्तिमा ठूलो आर्थिक चलखेल गरि संबैधानिक आयोगलाई छायामा पार्ने गरेका प्रधानमन्त्री केपि ओलिले संघीयता को मर्म,भावना र स्पृट नबुझ्दा आज संघीयता बदनाम भएको भन्दै रावलले ओलिको कदमलाई संघीयता नबुझ्नुको परिणाम भनेका छन्  ।

नेपाली जनताको रगत र पसिना बाट आर्जन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पर्न राष्ट्रपति बिधा देवि भण्डारी,प्रधानमन्त्री केपि ओलि,प्रचण्ड र माधव नेपाल ले खेलेको घिनलाग्दो खेलले उनिहरु नालायक सिद्ध भएको रावलको ठहर छ| ओलिको असंबैधानिक कदम विरुद्ध देशभर प्रदर्शन भैरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार