शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राजनीति
  • नेता विवादमा कार्यकर्ता चिन्तामा

नेता विवादमा कार्यकर्ता चिन्तामा

  • शुक्रबार, मंसिर २६, २०७७
नेता विवादमा कार्यकर्ता चिन्तामा

यतिबेला सत्तासीन दल नेकपाको विवादले निकै बजार तताएको छ।चुनावका बेला अस्थिर राजनीतिलाई स्थिर बनाउने र सुखि समृद्ध नेपाल बनाउने नारा सहित पार्टी एकता गर्ने घोषणा गरेर चुनावमा होमिएको वर्तमान नेकपालाई जनताले पुर्ण विश्वास र भरोसा गरि ठुलो जनमत त दिए तर अहिले त्यसको ठिक विपरीत भईरहेको छ।हतार-हतारमा पार्टी एकता त गरियो।तर पार्टी एकता पछि पार्टी कमिटीले लिनुपर्ने गति भने सुन्यमा झरेको छ।

ले झन पार्टीको आन्तरिक विवादका कारण आम नेपाली जनता र कार्यकर्ता पंक्तिमा अस्थिर राजनीतिको झल्को देखिँदा नेकपाका शुभचिन्तक र आम कार्यकर्ता तहमा यस किसिमको विवादले निकै निरासा छाएको छ।

विगत लामो समयको राजनीतिक खिचातानी र मिलेमतोको सरकारले देशमा स्थिरता,स्थायित्व र देशको विकासक्रममा कुनै पनि उपलब्धि अनि राजनीतिक व्यवस्थालाई पनि ठिक ढंगबाट स्थापित गर्न नसकेको कुराबाट असाध्यै आजित नेपाली जनताले वर्तमान कम्युनिस्ट पार्टीको सरकार प्रति ज्यादै आशा र अपेक्षा राखेका थिए।तर अहिले नेकपा भित्र बल्झिँदै गएको आन्तरिक कलह र सरकारले गर्नुपर्ने जति अपेक्षित काम गर्न नसकेको कारण र यतिबेला पार्टीको विवादका कारण दिनप्रतिदिन नेकपा प्रतिको जनविश्वास झन ओरालो लाग्दै गएको देखेर हामी आम कार्यकर्तामा निरासा बढ्दै गएको छ।

पार्टी एकता पछि र लगभग दुईतिहाइ नजिकको सरकारले केही जनपक्षीय काम गर्छ कि भन्ने??ठुलो आशा र भरोसा आम नेपाली जनतामा थियो।तर अहिले केही हद सम्म उपलब्धिमूलक काम र जनपक्षीय कार्य वर्तमान नेकपा सरकारले गरेपनि तर पार्टी भित्रकै विवाद र असहयोगका कारण पार्टी कमिटी र सरकार जुन ढंगले चल्नुपर्ने हो।त्यो पट्टकै पनि हुन नसक्दा कार्यकर्तामा चिन्ता बढ्दै गएको छ।

एकल पार्टीको सरकार र लोकतन्त्र र गणतन्त्र स्थापित गर्ने प्रमुख पार्टी सत्तामा भएकै बेला रहस्यमय ढंगबाट राजावादी सडकमा नाराजुलुस सहित निस्किनुले झनै संघीयता,लोकतन्त्र र गणतन्त्र नै कतै असुरक्षित त छैन भन्ने महशुस हुनुपर्ने बेला पार्टीले त्यस विषयमा गम्भीरतापूर्वक तरिकाले सोच्नुपर्ने बेला पार्टी नेतृत्व झन घर झगडामै रुम्लिएको देख्दा कतै नेकपाको अवस्था पनि राजा र काङ्ग्रेस को जस्तैः हुन लागेको त होइन???भनेर कार्यकर्ता तहमा निकै चिन्ता बढेको छ।

अहिले झन यस अवस्थामा समाज,राष्ट्र र देशको विरुद्धमा यस्ता गतिविधि चलिरहदा पार्टी र सरकारले गम्भीरतापूर्वक ध्यान दिएर सोच्नुपर्ने बेला नेतृत्व पंक्ति नै पदको लडाइँमा व्यस्त भएको देखेर कार्यकर्ता ज्यादै चिन्तित छन।

अब भन्नुस् तपाईंले कहिले भन्नुभयो हामी कम्युनिस्टलाई जनताले पत्याएन कहिले भन्नुभयो काङ्ग्रेस यथास्थितिवादी पार्टी हो।उ विना एकल सरकार चलाउने वातावरण पाएनौं त्यसकारण काम गर्न सकिएन।अहिले कुन जनताले विश्वास गरेन???कुन काङ्ग्रेसले काम गर्न अवरोध गर्यो??तपाईंको यो वर्तमान हविगत देखेर हामी तपाईंलाई विश्वास गर्ने सम्पुर्ण कार्यकर्तामा असाध्यै निराशा छाएको छ।
अब पार्टीको आन्तरिक विवादमा अल्झिने होइन।पार्टी र सरकारलाई आपसी सदभावका साथ क्रियाशील बनाएर अगाडि बढाउनुपर्छ।चुनावका बेला गरेका वाचा र पार्टी एकता हुदा गरेको सम्झदारीका आधारमा नै पार्टी र पार्टी संघगठनलाई पुर्णता दिने र पार्टी पद्धति अनुरुप नै कमिटीलाई सक्रिय बनाउने र जनता प्रति बढ्दै गएको चिन्ता र निराशा अब आन्तरिक कलहमा नअल्झिएर पार्टी र सरकारलाई शक्तिशाली र जनप्रिय बनाउन प्रति नेतृत्व पंक्तिले समयमै ध्यान दिन जरुरी छ।यदि यी जनताका धेरै आशा र अपेक्षा वर्तमान समयमा राजावादीहरुले गर्दै आएको यो नाटक लाई अहिले नै ध्यान दिएर व्यवस्थापन गर्न ।वर्तमान नेकपा को सरकार चुक्यो भने नेकपाको भविष्य पनि त्यतिकै खतरामा छ।त्यस कारण अब विवाद नगरि सबै समस्याको समाधान गर्न तर्फ पार्टी र सरकार दुवै क्रियाशील हुन जरुरी देखिन्छ ।

               नरेश बडुवाल 

राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य

चर्चामा

सम्बन्धित समाचार