हाम्रो समाजले सधै अबिस्वासकै रास खोज्छौँ,
अकल्पनिय स्वर्गको त्यो सदियौँ आश खोज्छौँ।
दुनियाँ का मानव जिउँदै पुगि सकेछन स्वर्ग मा,
हाम्रो सन्तानले मरे पछि स्वर्गको बाश खोज्छौँ।
अंझै पनि हेरौँन रुढिवादकै चौघेरामाछ समाज,
प्रतेक पल्टनै दुर्घट्ना ल्याउने आभास खोज्छौँ।
कुल को नाउमा बलि चडाउँदा समाज ले आफै,
संसार मा आफ्नै तमासा देखाउँने मास खोज्छौँ।
देवता ले पनि रक्सि मासु खान्छन लाजै नमानी,
न्याय को लागि मान्छे देवता कुनै खास खोज्छौँ।
छैन बिकास देशले पाएन निकास यहि चाला मा,
खोपि भित्र देवता राखेर बिदेश मा गाश खोज्छौँ।
आमा छोडौँ कतैछैन स्वर्ग हजूरको काख बाहेक,
जिँउदा हेलारीछौँ मरे पछि त्यो आकास खोज्छौँ।