• होमपेज
  • देश/प्रदेश
  • पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए

पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए

  • बिहिबार, अशोज ८, २०७७
पाल्पामा पहिरो खस्दा पाँच जना पुरिए

काठमाडौं – पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन् ।  गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले  बताए ।

घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । ‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’

चर्चामा

सम्बन्धित समाचार