पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकोे परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। सोमबार ३५८ नेपालमा हालसम्म १४ हजार ९सय ६१ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ।