सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा बीपी स्मृतीमा चुनावी बहस

बाजुरामा बीपी स्मृतीमा चुनावी बहस

  • बुधबार, साउन ७, २०७७
बाजुरामा बीपी स्मृतीमा चुनावी बहस

दयाराम पण्डित — नेपाली कांग्रेसले तिन दिन सम्म ३८ औं वीपी स्मृती दिवश मनाउने कार्यक्रम तय गरे अनुसार आज दोस्रो दिन पनि बाजुुरामा वीपि विचार गोष्ठीको आयोजना गरे । कांग्रेसको भातृ संस्था नेपाल तरुणदल द्धारा आयोजित उक्त विचार गोष्ठीमा जिल्ला स्थित बडीमालिका को सभाहल नेता कार्यकर्ताले खचाखच भरिएको थियो ।
धेरैले वीपीको आर्दश बारे कोट्याए त कतिले जननायक पवीपी मार्ग वारे ईति वृतान्त भने । वीपीको कुटनीतिक शैली र राजनीतिक स्वतन्त्रता र राष्ट्र निर्माणका बहुुआयामिक ब्यक्तीत्व भनेर प्रशंसा गरे । कतिपय कार्यकर्ताले वीपीको बाटो कांग्रेसले विराएको आक्रोश पनि पोखे । समग्रमा कांग्रेस भाषणमा एक ढिक्का हुने। प्रकार्यात्मकतामा गुुटमा रमाने खेले न वीपीको आदर्श रहने । न उहांले ले प्रादुुभाव गरेको समाजवाद लागुहेने छ । न त कांग्रेसले नयां गति लिन सक्ने हुंदा कांग्रेसको भावनात्मक एकता हुनुपर्नेमा जिल्ला स्थित नेता कार्यकर्ताको भाव झल्कीन्थ्यो । कांग्रेसको नेतृत्व तहमा पुुगेकाहरुको दिमाग परिचालन , भातृसंघ संस्थाका युवा पंक्तीलाई पाखुराका रुपमा परिचालन गर्नु पर्ने र नागरिकलाई केन्द्रमा राखेर मनमुटुभावना अनुसार काम गर्न गर्न सकेमात्र वीपीको समाजवादी आर्दश कार्यन्वयन हुनमो नेता कार्यकर्ताले धारणा राखेकाथिए ।
अबको जिल्ला अधिबेशन एकता र सहमतीको अधिबेशन हुने महाअधिबेशन पनि एकताको महाधिबेशन हुनेमा विस्वस्त रहने नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराका सभापति कबिराज पण्डितले पार्टी सहयात्री समकक्षी र कार्यकर्तालाई हौस्याएका छन् । गाउँ गाउँमा पार्टीसंगठन बलियो वनाउन युुवा शक्ती परिचालन गरिने बताउनुभयो ।
नेपाली कांग्रेसले वीपीको निष्ठा र आदर्शको राजनीतिबाट सिंगो पार्टी अभिप्रेरित भई पार्टी सञ्चालन भएको बताउनुु भयो । सभापति पण्डितले नेकपाको दुुइतिहाईको दम्भले देश खतरामा परेको आरोप लगाउनुुभएकोछ। । नागरिक कोरोना माहामारीको चपेटामा परेकोवेला उपचार गर्नुको सट्टा नेकपाको सरकार ब्याप्त भ्रष्टारामा लुप्त रहेको अरोप उहांको थियो ।
कांग्रेस उपसभापति एवं हिमाली गाउँपािलकाका अध्यक्ष गोविन्द वहादुर मल्लले बीपीको मेलमिलापको नीतिलाई अथ्यउानुहुंदै । अर्काको पार्टी फुटला र हामी राज गरौंला भन्ने सोचमा कांग्रेस भए त्यो सपना कहिले पुरानहुने भmन पार्टी धरासयी हुने तर्क राख्नुभयो । महाधिबेशनको पूर्व सन्ध्यामा पार्टी विभिाग गठन गर्नु राम्रो नभएको विचार औंल्याउनुभयो । आउदो जिल्ला अधिबेशनलाई एकताको अधिबेसन गर्न गुंट र झुण्ड परित्याग गर्नुपर्ने बिचार राख्नुभयो ।
त्यसैगरी पूर्व पार्टी सभापति मानवहादुर रावलले विपीको आधुनिक समाजवाद वीपीका असमान्य जीवनमा नेपाली राजनीतमा मात्र हैन पश्मि एशियाको समाजवादी राजनीतिमा तरंग ल्याएको बताउनुभयो । पूर्व सभापति रावलले पाटी निीति विधी संगतले चल्नुपर्ने आगमी माहाधिबेसन तर्फ मा आफु के उठ्ने भन्दा पनि पार्टी नीति बिधी र संचालन गर्न सबैले एक ढिक्का हुन अभिप्ररित गर्नु भयो । वर्तमान कम्युनिष्ट सरकारले जनताको चहानाअनसार काम गर्न नसकेको आरोप लगाउन भएको छ । एक पाथी औषधी खाने प्रधानमन्त्री केपी शर्माओली आफै के बोल्ने भन्ने थाहा नपाउने ले के देश चलाउँछन् ! पूर्व सभापति रावलले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुुझाउनु भएको थियो ।
कांग्रेस नेता तथा त्रिबेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले केही दिन अगाडी आफूमाथि लागेको २ करोड रुपिया झ्वाम भन्ने समाचरा प्रति खेद प्रकट गर्नुभयो । त्यो समाचार कपोकल्पीत र भ्रमात्मक छ । समचारकै भरमा अख्तियारमा उजुरी दिएको र प्रमुख जिल्ला अधिकारीले कागत पत्रसहित झिकाएकोमा सिडिओ प्रति आक्रोस पोख्नुभयो । आगामी कांग्रेस अधिबेसन लाई लक्षित गर्दै वीपीले हरेक कुरा समयमै गर्न चाहान्थे र गर्थे अहिले महाधिबेशनको पूर्व सन्ध्यामा पार्टी विभाग गठन गर्नु राम्रो नभएको बिचार ब्यक्त गर्नु भयो । कोठे बैठक नगरे आफु पार्टीका हरेक निणर्य मान्न तयार रहेको बताउनुभयो ।
शिक्षक महांसँघका केन्द्रीय सदस्य कणर्वहादुर थापाले वीपीको शिक्षा नीतिलाई अवलम्वन गर्नुहुंदै ईतिहांसमै पहिलो पटक ६ महिना विद्यालय वन्दहुंदा बालाबालिकामा नराम्रो असर परेकोले विद्यालयको ताला खोलेर बालबालिकालाई पढ्न पाउने राम्रो वतावरण मिलाउन आग्रह गर्नु भयो ।
बीचमै मौनधारण
बुढीगंगा नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेश कुुमार सिंह निधन प्रति नेपाली कांग्रेस बाजुराले सभाहलमै एक मिनेट मौन धारण गरी शोक मनाएको छ। बुधवार विहान नुहाएर पूजा कोठामा जानुअघि एक्कासी विरामी परेको र विरामी भएको केही समयमै सिंहको मृत्युभएको पारिवारिक श्रोतले जनाएको छ। मृतक वडाअध्यक्ष सिंश नेपाली कांग्रसको तर्फबाट २०७४मा स्थानीय निर्वानबाट निवार्चित हुनुुभएको थियो ।
नेपाल तरुणदल जिल्ला अध्यक्ष कुम्भनाथ योगीको अध्यक्षतामा सञ्चालन भएको उक्त विचार गोष्ठीमा नेपाली कांग्रस महाससमिती सदस्य जुना दानी , नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति पूणर्वहादुर सिंह ,सहसचिव रन्सिंह अयडी, संगठन विभाग प्रमुख धनराज पण्डित, बडीमालिका नगरपािलकाका नगरप्रमुख पदम बडुवाल ,महिलासंघ अध्यक्ष अमृता सिंह, शिक्षक संघ अध्यक्ष प्रेम पाध्याय, दलितसंघ अध्यक्ष भिम नेपाली , महिला नेत्री तथा त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनार नेविसंघका निवर्तमान अध्यक्ष शुरेन्द्र सिंह लगायतका बक्ताले आ-आफ्ना विचार राखेका थिए । हिजो बडीमालिका वडा न. आठको मष्टेश्वरी प्राविमा बृक्षा रोपण गरी वीपी जयन्ती मनाएका थिए । समग्रमा आगामी अधिबेशनको आफुअनुकुलको माहोल कसरी वनाउनेमा नेताहरु हिडन इन्ट्रेष्टमा देखिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार