सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • ब्यक्ति होईन बिचारको प्रतिनिधित्व गर्न कांग्रेस नेता गिरिको आग्रह

ब्यक्ति होईन बिचारको प्रतिनिधित्व गर्न कांग्रेस नेता गिरिको आग्रह

  • मङ्लबार, साउन ६, २०७७
ब्यक्ति होईन बिचारको प्रतिनिधित्व गर्न कांग्रेस नेता गिरिको आग्रह

नेपाली कांग्रेसले देश भरी नै महामानव बिपि कोईरालाको ३८औं स्मृति दिवस भब्यताका साथ विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ| बिपि कोईराला एक ब्यक्ति मात्र नभई नवीन बिचारक भएको भन्दै पुर्व मन्त्री,कांग्रेस नेता जनक गिरिले युवाहरूलाई ब्यक्तिको भन्दा पनि बिचारको पछि लाग्न आग्रह गर्नुभयो| नेता गिरिले भने अहिले पार्टी भित्र हावी हुँदै गएका सुकिला मुकिलाहरूको र चाकडी, चाप्लुसी, दहिचिउरेहरूको भलाइका लागि बिपिको आन्दोलन थिएन । बिपिको नीती त्यो थियो जुन निति तथा कार्यक्रमले गाउँका किसानको भलाई गर्न सक्थ्यो| नेपालको अधिकांश भुभाग गाउँको छ र नेपाली जनता किसान नै छन्, ‘म नेपालको बारेमा सोच्छु, तिनै रोगी, ओखती गर्न नपाएका, खान नपाएका, पढ्न नपाएकाहरुको अनुहार स्मृतिमा आउँछ, जुन नीति तथा कार्यक्रमले किसानको भलाई गर्छ, त्यो नै समाजवाद हो भनेको स्मरण गर्दै नेता गिरिले कांग्रेस युवाहरूलाई नेताको पछाडि होईन बिचार,सिद्धान्त र आदर्शको पछि लाग्न जोड दिए| नेता गिरिले आजको परिवेशमा कृषिको आधुनिकिकरण विना कांग्रेस ले चाहेको समाजवाद संभव छैन भन्दै उत्पादनमा लाग्न आग्रह गरे| पुर्व मन्त्री समेत रहेका नेता गिरिले बिपिले भन्नुभएको “एउटा झुपडी, एक हल गोरु, एउटा दुहुनो गाई र खेतसँग जोड्नुभयो, हरेक नेपालीले यी चिजहरू प्राप्त गर्न सक्ने अवस्था नै समाजवाद हो” भनेको प्रसङ्गलाई कोट्याउदै नेता गिरिले नेताको समृद्धिले मात्र कांग्रेसको भबिष्य उज्ज्वल नहुने भन्दै जनताको जीवनस्तर कस्तो छ? त्यसलाई बदल्नमा लाग्नुपर्ने बताउनु भयो| एक फरक प्रसङ्गमा नेता गिरिले कांग्रेस बाजुरालाई नवीन बिचारका साथ अगाडि बढाउन युवा पुस्ता अघि सर्नुपर्ने भन्दै युवा पुस्ता अघि सरे आफू अभिभावकिय भुमिकामा रहने बताउनु भयो| उहाँले भन्नूभयो-हामिले दुईदुई वटा निर्वाचनमा प्राजय भोगिसक्यौ,हाम्रा मतदाता निरास छन् अब कांग्रेस जिताएर उनिहरुको मुहारमा खुशी दिलाउन आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनु भयो| बिपि कोईरालाको स्मृति दिवस आजकै दिनबाट कांग्रेस बदल्ने संकल्पका साथ अघि बढ्न सबैलाई आग्रह गर्दै यो प्राकृतिक बिपदको बेला आ-आफ्नो ठाउँमा कृयाशिल रहि राहत तथा उद्दारमा जुट्न सार्वजनिक अपिल गर्नुभयो|

चर्चामा

सम्बन्धित समाचार