सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • राजनीति
  • दिउँसो ३ बजे बस्नेगरी नेकपा बैठक स्थगित

दिउँसो ३ बजे बस्नेगरी नेकपा बैठक स्थगित

  • शुक्रबार, साउन २, २०७७
दिउँसो ३ बजे बस्नेगरी नेकपा बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो तीनसम्म स्थगित गरिएको छ। बिहान ११ बजे बोलाइएको बैठक तीन बजेसम्मका लागि स्थगित गरिएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए। शीर्ष नेताहरु बीच सहमति खोज्न एक साता स्थगित गरिएको बैठक एघार बजे बालुवाटारमा बस्ने तय भएको थियो।

गएको १० असार देखि शुरु भएको बैठक १६ असार देखि प्रभावित बनेको थियो। प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि बैठक प्रभावित बनेको हो। मदन जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावा सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको अभिव्यक्ति दिएपछि पार्टी विभाजन तर्फ उन्मुख भएपछि बैठक लगातार स्थगित हुँदै आएको छ।

तर, बिहीबार शीर्ष नेताहरु ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल बीच आजको बैठक नरोक्ने सहमति जनाएका छन्। प्रधानमन्त्री ओली स्थायी कमिटीमा चरम अल्पमत छन्। बहुमत सदस्यले राजीनामा मागे पनि प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नगर्ने अडान लिदै आएका छन्। बरु, पार्टी विभाजनकै लागि तयार हुने प्रधानमन्त्रीको अडानले १६ असार देखि लगातार बैठक स्थगित हुँदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार