मङ्लबार, मंसिर ४, २०८१

जापानी मकैको आटो!

  • शुक्रबार, जेष्ठ ९, २०७७
जापानी मकैको आटो!
    सुरेशकुमार पान्डे

   कथा! देश दुनियाँ आज लाँक डाउनको चपेटमा छ।तर सबै भन्दा दर्दनाक अबस्था भनेको मज्दुर बर्गमा आएको अनिकाल हो। मणिले पुरानो दिनको समरण गर्दै भन्छन। त्यो भन्दापनि भयाभाव अबस्था श्रृजित भयकोछ प्रवाशि मज्दुरहरुमा।यो लकडाउँनले मलाई धेरै पुरानो देशमा आएको अनिकालको संझना गरायो। यँहा केहि असाय अबस्थामा परेका साथिहरुलाई राहत बितर्ण को मौकामा कथा सुनाउँदै मणिले भन्छन। पहाडमा कयौँ घरहरु यस्तापनिछन कयौ कष्ट झेलिरेका थिए।उन्लाई हिँजो र आजमा खासै फरक नहोला! सानो चारपाखे घरमा पालि गाँसेर बनाएको ढिक्र्यार मा बसेर फुच्चे ले दिदी जेई काँ जानु भयो कहिले आउँनु हुँन्छ?भन्दै ठ्याँस-ठ्यास गर्दैछ।सुन्दैनस?भनिता रहिछुँ गोरु खोज्न जानुभको छ!स्यान्दिदी ले जर्किँदै भन्छिन।

असिना र पानि आएर आगन भरिएकोछ ठुला ठुला अशिना सेतम्यै आगन भरिछ।भित्र पानि चोएर स्यानिले कतै बाल्टि कतै थाल राखेकिछन।आर्कि काखकी नानी चोँयाको झोलंगामा सुति रहेकि छ।फुच्चेले घरि झोलंग्गो चलाई दिन्छ।नचलाउ भाई अहिले बैनि फुल्याउँन अपठ्यारो हुँन्छ भन्दै स्यानिले सम्झाउँछिन।उस्लाई भोक लागेको थियो त्यसैले मान्दै मानेको हुँदैन। दुई बर्षकि नानी झोलंगामा पाँच बर्षको फुच्चे र नौ बर्षकी स्यान्दिदी घरमा थिए।बा-बा सदै लाहूर बस्ने घरभरीका लाला बाला लाई आमाले नै स्यार सुसार गर्नु पर्थ्यो।

यति ठुलो अशिना र पानी पर्दा माईलीको अत्तो पत्तो छैन।सबै डियाँ आए तर एउटा बुके गरु न आएकोले गोरु खोज्न भनि घर बाट निस्केको एकछिन पछि ठुलो असिनो र पानी पय्रो।उन्ले एउटा बोरी उचालेर गएकि थिईन।त्यो बेला पानी परियो भने काम आउँला भन्ने उदेश्यले त्यो बोरी लगेको होला। रात झमक्कै पर्दा आमाले बुके गोरु लाई लिएर टुप्लुक आउँनु भयो।फुच्चे आमालाई देखेर पछि पछि भिजेको गुनियो छोपेर हिँड्यो जेई भोक लाग्यो भन्दै। माईलिले भिजेका लुगा फेरेर ढिलो नगरी आगो बालिन धन्न दियालो ओबानोमा राखेकाले आगो सैलरी बल्यो नत्र यो मौसममा आगो बाल्न गारै हुँन्छ। यो बेला देशभित्र ठुलो अनिकाल परेको थियो।घरमा खाने घर्च थिएन, बनका तिते गिठाहरु पनि खनेर सकिएका थिए।तोरीको तेल निकालेपछि को खलि लाई मिल बाट किनेर त्यो पोलेर खाएरपनि प्रणा धानेका थिए।तर हिँजै आमाले दुई पाथि जापानी मकै पाँच रुपिया पाथिको दरले ल्याउँनु भयको थियो।धन्न बिहानै त्यो मकै माना दुई पिसेर डालामा राख्नु भाको रैछ।

अशिनाले कुटेपनि एक औँछा न्युरोको साग फाँदमा राखेर ल्याउँनु भाको थियो।टाउकोमा अशिनाले ठटाएर फुरौला परेको थियो बोरी को माथि बाटपनि टाउकै भरी फुराल परेको थियो। स्यानि त्यो डालामा आटोछ ल्याउ!जेईको आदेश मान्दै स्यानि ले डालो ल्याई दिन्छिन,स्यानि बैनीले आमाको दुध खाँदै थिई फुच्चे अगेनामा आगो तापेर बसेको थियो,घरी ठेँश ठेश कन्दै भोकले घरी उँग्दै निद्राले बिचरा बालख ता हो।जेईले आटो छिन्केर साग र आटो पकाई सक्नु भयो।अहिले आटो थालमा राखेपछि फुच्चे अनि स्यानि न्याङ-न्याङ गर्दै थिए उनिहरुलाई जापानी मकैको आटो घाँटि बाट तल गयन स्यानिले जुरुक्कै उठेर भाईर बान्ता गरेर आईन,फुच्चे ले न्युरो को साग सँग थोरै आटो खाएर भर्याङको आस्न आफ्नो थाल राखेर आयो उ आमा तिर गुन्द्रिमा गयर पल्टियो निधाएछ।

त्यो खै कुन्नि कस्तो मकैको प्रजाति थियो देख्दा पहेँला लामा लामा बुढा मान्छेका खप्परे दाँत जस्ता थिए।त्यसबाट कुहेको वास आउँथ्यो जापानमा त्यँहाको पसु पनि बिमारी हुँन्छन भनेर त्यँहाको सरकारले त्यो फ्याँक्न थालेको मकै हाम्रो देशको तत्कालिन राजाले यो फ्याक्नु भयन हाम्रो देशका जनतालाई अन्नको खाँचोछ भनेर देश भित्राएको भन्ने सुन्निथ्यो पछि। तर यथार्त केहो?त्यो भने कसैलाई थाहा भैन। एक दिन भरी लाईनमा लागेर एकजनालाई दुई पाथिका दरले त्यो पाँच रुपिया पाथि बितर्ण गरिएको थियो।आज यो घरमा पहिलो छाक थियो जो कसैलेपनि खाएनन्। बरु खलि पोलेर जसरी तसरि छाक टार्ने गरे यो मकैको आटो खानै सकेनन्।डुङ्ग गानाहुँथ्यो पछि पछि त कसैका घरमा पाकेकोछ भने पुरै गाउँ गनाउँथ्यो।भोलि पल्ट त्यो ताउँलामा राखेको पानि पनि गाई बाच्छाले पिएनन्। आमालाई थाहाथियो राति कसैले पनि खाना खाएका छैनन्।बिहानै एउटा मसुराको रोटि बनाएर तिन भैनालाई बाँट दिनु भयो।त्यो मसुराको रोटि खुसि भएर खान्थे।जेई दिउसपनि यस्तै रोटि पकाई दिनु होला है!स्यानिले हँसिया र नाम्लो उचाल्दै भन्छिन।है जेई मलाईपनि आटो न पुकाउँनु है त्यो जापानी मकैको,फुच्चेले स्यानिको समर्थन गर्दै भन्छ।

अनि आएर आफ्ना कम्ला औँलाहरु आमाको गालामा फेर्छ।आमा भाबुक हुँन्छिन नबोली नबोली आफ्ना फुल जस्ता बच्चाहरु तिर करुणा भरि दृष्टिले अबलोकन गर्छिन।यस्तो लाग्छ उनि केहि भन्न खोजेकिछन तर भन्न सकिराखेकि छैनन् उन्ले चाहेरपनि बोलि फुट्दैन। आमाको के समस्या थियो यि अबोध बालखहरुलाई केथा उन्लाई त आदेश दिए भैई हाल्छ। उनिहरु घाँस काट्न गए,यता माईलिले घरको काम सबै निप्टाईन।होँचो घर त्योपनि खरले छाएको भयर होला कसैलाई पनि टुक्किलिएर भाईर जाँन दिदैनन्,खरको छानो अनि होँचो घर जसरि तसरी गुजारा गर्नै पर्थ्यो।

आफुले दिनमा तिन भारी घाँस न काट्दै लाला बाला लाई पुग्दैन थ्यो।दाउँरा घाँस अनि स्यार सुसार सबै माईली लाईनै गर्नु पर्थ्यो। यहि जापानी मकैको लाईनमा लाग्दा दुई दिनलाई घाँस काटेर राख्नु परेको थियो। तर त्यो पनि ब्यार्थै भयो बरु दश रुपियाको खलि बेसाएको भए एक बोरा आउँथ्यो। त्यो दिन र आजको दिनमा कत्ति फरक भयको छैन तर के मा फरकछ भने त्यो ताना साहि राज तन्त्र थियो त्यसको बिरुद्धमा बोल्न सकिन्न थ्यो।आज गणतन्त्र छ चिच्चाउँन सकिन्छ तर बोलि पहरमा ठोक्केर फिर्ता आउँछ।कसैले सुन्दैनन्!यो लाक डाउनको अभदिमा गरिब मज्दुरको हाल त्यस्तै भयकोछ।कयौँलाई आजपनि आफ्नो घरमा चोर जस्तरी लुकेर जानुपरेकोछ-भन्दै आफ्नो पुरानो कथाको बिट मार्छन।

चर्चामा

सम्बन्धित समाचार