• होमपेज
  • देश
  • पाठेघर बाट रगत बग्दै महिलाको पिडा : भारतमा क्वारेनटाइन देखि घरको यात्रामा

पाठेघर बाट रगत बग्दै महिलाको पिडा : भारतमा क्वारेनटाइन देखि घरको यात्रामा

  • शनिबार, बैशाख २०, २०७७
पाठेघर बाट रगत बग्दै महिलाको पिडा : भारतमा क्वारेनटाइन देखि घरको यात्रामा

हुम्लाको सर्केगाड गाँउपालिका १ जैरकि ३६ बर्षिय बिस्नकला रावत भारतको धारचुल्लामा क्वारेनटाइनमा बसेर अहिले घर जादै छन् । बिहिवार भारत बाट आएकि उनि दार्चुल्ला, बाजुरा हुदै घर तिर श्रीमानको साहारामा गइरहेकि छन् । तर उनि भने निकै पिडामा आफ्नो यात्रा तय गरिरहेकि छन् ।
पुष महिनामा उनि उपचारका लागि भारतको पिथौरागड श्रीमान धन बहादुर रावत कहाँ पुगिन्, । पथ्थरीया उपचार गर्न उनि त्यहाँ पुगेकी थिईन् । दुई महिना सम्म औषधि खाइन तर सञ्चो नभएसि फागुनको अन्तिम साता अप्रेसन भयो । उनको त्यो रोगको त उपचार भयो ।
सामान्य तल्लो पेट दुखिरहेको थियो, सामान्य होला भनेर घर आउन लाग्यौ, तर धारचुल्ला पुगेपछि क्वारेनटाइनमा बस्दा त पाठेघर बाट रगत बग्न शुरु भयो, क्वारेनटाइनको बसाइ कतै उपचार गर्न जाउ पैशा पनि नभएपछि उनले त्यहाँ उपचार गर्न सकेनन् । बिहिवार उनले नेपाल प्रबेश गर्न पाईन्, उनको पाठेघर बाट रगत बग्ने र तल्लो पेट दुख्न क्रम रोकिएको छैन्, । बैतडीको पाटनमा रगत रोकिने र दुखाइको औषधि लिएको हो, अबस्था उस्तै छ, बिस्नकलाले भनिन् । उपचार गरम पैशा छैन्, भएको सबै पैशा पहिलाको रोगमा सकिसक्यो, अब घर गइरहेका छौ, जे होला होला उनले वताईन् ।
क्वारेनटाइनमा बस्दाको पिडा त छदै छ, नेपाल प्रबेश पछि पनि राम्रो सम्म खाना पाइएको छैन, चाउचाउ खाएर घर गइरहेको बिस्नकलाका श्रीमान धन बहादुर रावतले वताएका छन् । सदरमुकाम मार्तडी पुगेका उनीहरु घर पुग्न अझै तिन चार दिन लाग्ने रहेको उनिहरुले बताएका छन् ।
भारतमा क्वारेनटाइनमा बसेकालाई सरकारले दार्चुल्लाको नाकमा प्रबेश गरेपछि बाजुरा, हुम्ला, मुगु र जुम्लाका १ सय जना शनिवार बाजुराको सदरमुकाम मार्तडीमा पुगेका छन् । हुम्लाका ३० जना, जुम्लाका १९ जना, मुगुका ३० जना र बाजुराका १३ जना भारतको धारचुल्ला क्वारेनटाइनमा बसेर आफ्नो घर आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार