• होमपेज
  • देश
  • लडेर टाउको फुटेका कमल अस्पतालको शैयामा जिवनमरणको दोसाधमा

लडेर टाउको फुटेका कमल अस्पतालको शैयामा जिवनमरणको दोसाधमा

  • बिहिबार, बैशाख १८, २०७७
लडेर टाउको फुटेका कमल अस्पतालको शैयामा जिवनमरणको दोसाधमा

गौमुल गाँउपालिका ४ कौडाकोटका १६ बर्षका कमल धामि अस्पतालको शैयामा जिवनमरणको दोसाधमा छटपटाइरहेका छन् । गाँउ नजिकै जंगलमा बाख्रा चराउने बेला बुधवार दिउसो लडेर उनको टाँउको फुटेको कमलका अंकल दिपक धामिले वताएका छन् ।
आफन्तले जिल्ला अस्पताल बाजुरामा कमललाई पुयाएको थियो । अस्पतालमा उपचार सम्भब नहुने भनेर रिफर गरेको भएपनि आर्थिक अबस्था कमजोर भएकाले अस्पतालको शैयामा कमल छटपटाइरहेको आफन्तले वताएका छन् । आमाको मृत्यु भइसकेका कमलका बुवा कामका लागि काठमाडौ गएका थिए, लकडाउने उतै अलपत्र रहेका छन् । कमलको परिवार आर्थिक अबस्थामा निकै कमजोर रहेको छ ।
कमलको टाँउको फुटेर गिद्धि समेत बाहिर देखिएकोले यहाँ उपचार हुने सम्भाबना नै नरहेको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । उनि अहिले अचेत अबस्थामा रहेका छन्, उनलाई अक्सिन दिइरहेको चिकित्सले वताएका छन् । टाँउकोमा गम्भिर चोट लागेकाले कमलको अबबस्था निकै चिन्ताजनक रहेको चिकित्सकले वताएका छन् । कमल कक्षा ८ मा अध्यनरत रहेका छन् ।
हेलिकप्टरका लागि पहल भएको भएपनि तर उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । सबैतिर पहल भइरहेको छ, हेलिकप्टरको पैशा तिर्ने कोही नभेटिएकोले समस्या भएको न्यौपानेले वताएका छन् । पहलका लागि गृह मन्त्रालयमा कुरा भएको हो तर उल्टै पैशा कस्ले तिर्छ भनेर उल्टै पत्र आएको न्यौपानेले वताए । गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने एम्बुलेन्सको भाडा तिर्न सक्ने बताएको भएपनि एम्बुलेन्समा लिन असहज हुने भएको चिकित्सकले वताएका छन् । टाउको नै फुटेकाले उपचारका लागि काठमाडौ लिनुपर्ने चिकित्सकले सुझाब दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार