त्रिभुवन विश्वविधालयले लकडाउनको समयमा बिधुत्तिय कक्षा (Online Class) संचालन गर्ने तयारी गरेपछि नेबि संघ त्रिभुवन विश्वविधालय समिती का सचीव,युवा नेता योगेन्द्र रावलले गरिब जनताका छोराछोरी पढ्ने त्रिभुवन विश्वविधालय का विद्यार्थी अहिले नेपाल का दुर-दराजमा रहेको र उनीहरुको पहुँचमा ईन्टरनेट नभएको भन्दै उपकुलपति प्रा.डा.धर्म कान्त बास्कोटालाई गरिब विद्यार्थीको भबिष्य माथी खेलबहाड नगर्न आग्रह गरेका छन् ।
सचीव रावलले सामाजिक संजाल मार्फत-“म त्रिभुवन विश्वविधालयको एक नियमित विद्यार्थी! अहिले सुदुर-पश्चिम प्रदेशको बाजुरा जिल्लामा छु,जहाँ ईन्टरनेटको राम्रो पहुँच छैन। उप-कुलपति ज्यु! विश्वविधालयमा बिधुतिय कक्षा (Online Class) पछि संचालन गरौंला । तपाई नाक,कान,घाटिको राम्रो डाक्टर हुनुहुन्छ,यो बेला बिरामीको उपचारमा खटिनुस् ? सस्तो लोक-प्रियताका लागि विद्यार्थीको भबिष्य माथी खेलबहाड गर्ने छुट तपाईलाई छैन/ हुनुहुदैन उनले बताए।”
नेता रावलले नेपाल को भौगोलिक बिकटता नबुझ्ने तर सस्तो लोक-प्रियताका लागी बिधुत्तिय कक्षा (Online Class) संचालन को दुर्गन्ध फैलाउने विश्वविधालयका उपकुलपति लाई तपाईं नाक,कान,घाटीको राम्रो डाक्टर हुनुहुन्छ नेता रावलले अाराेप लगाएका छन् । यो महा संकटको बेला बिधुत्तिय कक्षा होईन जनताको स्वास्थ्य उपचारमा खटिनुस भन्दै व्यंग्य प्रहार गरेका छन् । त्रिभुवन विश्वविधालयले बिधुत्तिय कक्षा संचालन गर्ने तयारी गरेपछी चौतर्फी बिरोध भैरहेको छ ।