अभिनेत्री रेखा थापाले अहिले सरकारविरूद्ध लाग्ने सरकारविरुद्ध बोल्ने, औंला ठड्याउनेहरूले कहिल्यै केही गर्न नसक्ने बताएकी छन्।
‘यतिबेला पक्ष प्रतिपक्ष सबैले सरकारले गरेको कामलाई हौसला दिएर सहयोग गर्नु पर्ने बेला हो तर एक आपसमा खुट्टा तानेर बसिरहेको देखिन्छन् । मान्छेहरु झन्डामुनि बसेर सरकारको बेइज्जत गरिरहेका छन् । त्यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ’ उनले भनिन् ।
त्यस्तै, उनले कांग्रेस नेता गगन थापाको गतिविधिको पनि टीप्पणी गरेकी छन् । अभेनेत्री थापाले भनेकी छन्, ‘नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो ।
उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र ? यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो ।’ त्यस्तै, कलाकार थापाले कोरोना भाइरसको संकटबाट पार पाउन सबैले एकजुट भएर सबैले आफ्नो आफ्नो तर्फबाट कार्य गर्नुपर्ने बताएकी छन् ।