• होमपेज
  • समाचार
  • कोरोना भाइरसका कारण अफ्रिकामा तीन लाख बढीको ज्यान जान सक्ने

कोरोना भाइरसका कारण अफ्रिकामा तीन लाख बढीको ज्यान जान सक्ने

  • शनिबार, बैशाख ६, २०७७
कोरोना भाइरसका कारण अफ्रिकामा तीन लाख बढीको ज्यान जान सक्ने

एजेन्सी —  इम्पेरियल कलेज लन्डनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टले यस वर्ष कोरोना भाइरसबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु हुनसक्ने देखाएको छ।

अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगले दिएको प्रतिवेदनका अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३‌‍.३ मिलियनको मानिसको मृत्यु र १.२ बिलियन मानिसमा संक्रमण देखिनसक्छ।

‘कडा सामाजिक दूरी’ अपनाएपनि यहाँ १२२ मिलियन भन्दा बढीमा कोरोनाको संक्रमण देख्न सकिने रिपोर्टमा उल्लेख छ।

शुक्रबारसम्म अफ्रिकामा १८ हजार बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ। तर विज्ञहरूका अनुसार केही हप्तामा नै अफ्रिकामा यो महामारीको वृद्धिदर युरोपभन्दा बढि देख्न सकिने बताएका छन्। ‍

चर्चामा

सम्बन्धित समाचार