धनगढी : धनगढीमै दुई वटा प्रयोगशाला स्थापना भएपनि कोरोना परीक्षणका लागि काठमाडौँ नमूना पठाउन पर्ने बाध्यता कायमै रहेको छ। धनगढीको पशु अन्वेषण प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना भएपनि नमूना परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने बाध्यता कायमै रहेको हो।
धनगढीमा स्थापना भएका प्रयोगशालाले दिने नतिजा स्पष्ट नहुने भन्दै अधिकासं नमूना अहिले पनि काठामडौँ पठाउने गरिएको छ। सेती प्रादेशिक अस्पतालमा स्थापना भएको प्रयोगशालामा एक घण्टामा एक जनाको नमूना परीक्षण गर्न सकिने भनिएको थियो भने धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको कोरोना परीक्षण आरटिपिसिआर मेसिन मार्फत चार घण्टामा ९६ जनाको नमूना परीक्षण गर्न सकिने भनिएको थियो।
‘पशु अन्वेषण प्रयोगशालामामा कोरोना परीक्षणको मेसिन जडान भएसंगै सेतीको प्रयोगशाला बन्द भएको छ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भनिन्, ‘पशु अन्वेषण प्रयोगशालामा पनि अहिले क्षमता अनुसार परीक्षण भएको छैन्। पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटिपिसिआर मेसिनमा ६ दिनमा झण्डै एक सय ४६ जनाको मात्रै परीक्षण गरिएको छ।’
नमूना नै पर्याप्त संकलन गर्न नसक्दा परीक्षणको दायरा बढाउन नसकिएको उनको भनाई छ। ‘नमूना संकलनका लागि अहिले स्वाव राख्ने भाईरल ट्रान्सफर मिडिएटरको अभाव रहेको छ। संघीय सरकारलाई पनि माग गरेका छौँ। प्रदेश सरकारले पनि खरिदको तयारी गरेको छ। तर सहजै पाईरहेको छैन्।’ सापकोटाले दिनेश खवरलाई भनिन्।
प्रयोगशाला बढि भन्दा बढि समय सञ्चालन गराउनका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको उनले बताईन्। अहिले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोनाको ¥यापिड टेस्ट पनि भईरहेको छ। तर ¥यापिड टेस्ट धेरै विश्वासिलो नभएको दावी चिकित्सकहरुले नै गर्दै आएका छन्।
‘¥यापिड टेस्टमा पोजेटिभ देखाएका व्यक्तिको पीसीआरमा नेगेटिभ र ¥यापिड टेस्टमा नेगेटिभ देखाएका व्यक्तिको पीसीआरमा पोजेटिभ देखाउन पनि सक्छ,’ सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शेरवहादुर कमरले भने, ‘¥यापिड टेस्टमा नेगेटिभ देखाउने वित्तिकै ढुक्क हुने अवस्था छैन्। पीसीआर विधीलाई नै जोड दिन सकिए केही सहज हुने थियो।’