• होमपेज
  • देश
  • बाजुराको साप्पाटा बाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

बाजुराको साप्पाटा बाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

  • सोमवार, बैशाख १, २०७७
बाजुराको साप्पाटा बाट हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

बाजुराको स्वामिकार्तिक गाँउपालिकाको साप्पाटा बाट जिवन मरणको दोसाधमा रहेकि सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्वामिकार्तिक गाँउपालिका १ साप्पाटा बस्ने ३५ बर्षिय सुपारि बिकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बडिमालिका खबरलाई बताएका छन् ।
आईतवार नै उद्धार गर्ने योजना थियो खबर ढिलो आएको सोमवार बिहानै उद्धार गरिएको गाँउपालिकाा अध्यक्ष चिरिञ्जीवि शाहिले वताए । गाँउपालिकाले जिल्ला प्रशासनलाई शिफारीस गरयौ, प्रमुख जिल्ला अधिकारीले मन्त्रालयमा पहल गरेपछि महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको शाहिले वताए । उद्धार गरेएकि सुत्केरीलाई हेलिकप्टर मार्फत काेहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको छ ।
आईतवार बिहाना ४ बजे घरमै बच्चा जन्माएकि सुपारिको साल, नाल पनि आएको छैन् भने उनको पेटमा अर्को बच्चा पनि हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् । साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकले भने आफुहरुलाई दिउँसो १२ बजे मात्र जानकारी पाएको उनको अबस्था निकै जटिल रहेको वताए । उनको साल नाला पेटमै अट्किएको छ, अर्को बच्चा पनि हुन सक्ने बिर्ज बिकले वताए । गाँउपालिका र जिल्लामा खबर गर्नका लागि फोन नलागेका कारणले ४ बजे मात्र फोनको नेटर्वक आएपछि खबर गरेको वताए ।
पेटमा अर्को बच्चा भए नभएको अल्ट्रासाउन्ड बाट थाहा हुने भएपन्,ि तर अर्को बच्चा हुन सक्ने स्वास्थ्यकर्मीले वताए । स्वामिकार्तिक गाँउपालिकामा अल्ट्रासाउन्डको सुबिधा नभएको स्वाथ्यकर्मीले वताए । बच्चा पेटमै मरेर आएको थियो, त्यसपछि लगातार रक्क्तस्राव भएको थियो, अहिले केही कम मात्र भएको बिर्ज बिकले वताए । सुपारि बिका श्रीमान जनक बिक भारतमा रहेको छन् । उनि पनि भारतमा लकडाउनले अलपत्र रहेको आफन्तले वताएका छन् । सुपारि बिकका यो भन्दा पहिला चारवटा रहेका छन् । स्वामिकार्तिक गाँउपालिका १ मुक्तिकोट बाजुराको दुर्गम गाँउ हो, सदरमुकाम मार्तडी बाट तिन दिन पैदल दुरीमा रहेको छ । यो आर्थिक बर्षमा मात्र बाजुरा जिल्लामा अत्याधिक रक्तस्रावका कारणले पाँच जना सुत्केरीको मृत्यु भईसकेको छ । बाजुरामा महिलाहरु नियमित गर्भजाँच नगर्ने अझै पनि घरमै बच्चा पाँउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार