• होमपेज
  • राजनीति
  • कार्यालयका सुचना दुरुपयोग गर्ने छुट कसैलाई छैन : नेता थापा (भिडियो सहित)

कार्यालयका सुचना दुरुपयोग गर्ने छुट कसैलाई छैन : नेता थापा (भिडियो सहित)

  • बिहिबार, चैत्र २७, २०७६
कार्यालयका सुचना दुरुपयोग गर्ने छुट कसैलाई छैन : नेता थापा (भिडियो सहित)

बाजुरा २७ चैत्र– कुनै पनी ब्यक्तीले कार्यालयका कुनै पनि सुचनाको दुरुपयोग गर्ने छुट कसैलाई नहुने नेकपा नेता तथा बाजुरा अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापाले बताएका छन् । बडिमालिका खवरको नियमीत कार्यक्रम समसामुहीक बहस कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन । जनताले पाउने भन्दा बढि कार्यालयका कुनै पनी सुचनाको दुरुपयोग गर्न मिल्दैन नेता थापाले बताए ।
नेता थापाले कोष लेखा तथा नियन्त्रण कार्यालय बाजुराका लेखापाल प्रकाश भट्टलाई गाली गरेको अडियो सामाजीक संजालमा आएपछि नेता थापा बिबादित बनेका छन् । उता लेखापाल भट्टले कार्यालयको हाकीम र सुचना अधिकारीलाई खवर नै नगरि सुचनाहरुको दुरुपयोग गरेको आरोपमा मुछिएका छन् । भट्टले भने आफुले कुनै पनी सुचनाको दुरुपयोग नगरेको बताउदै आएका छन् ।

https://www.youtube.com/watch?v=DqQXRP_AIW4&t=17s

चर्चामा

सम्बन्धित समाचार