बुढिगंगा नगरपालिकाको कार्यालयमा बिद्युत सट भएर आगलागी भएको छ । बुधवार राति बिधुत्त सट भएर आगलागि भएको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
आगलागि बाट नगरपालिकाको कृषि शाखा, स्वास्थ्य शाखा, प्रधानमन्त्रि रोजगार शाखमा पुर्ण रुपमा क्षति भएको छ । आगलागि बाट ३६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कार्यलयमा रहेका कम्पुटर, प्रिन्ट, औषधि, उपकरण लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
कृषि शाखामा ८ लाख ५० हजार, रोजगार शाखमा ७ लाख, प्रशासन शाखामा १ लाख १८ हजार, पंजिकरण शाखमा ३ लाख, महिला शाखामा २ लाख, स्वास्थ्य शाखामा ७ लाख ५० हजार, सुचना प्रबिधि शाखामा २ लाख ५० हजार, शिक्षा शाखामा ५ लाख, योजना शाखमा १ लाख र जिन्सी शाखा ३ लाख गरि ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कृषि शाखामा २०३३ साल देखीका काजगपत्र जलेको नगरपालिकाले जनाएको छ । किसााहरुलाई बितरण गर्नका लागि राखिएको बिउँ समेत जलेर नष्ट भएको छ । त्यस्तै स्वास्थ्य संस्थामा बितरणका लागि राखिएको औषधि समेत जलेको स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । आगो लागेको धेरै समय पछि जानकारी पाएपछि स्थानिय र प्रहरी पुगेर आगो नियन्त्रण गरिएको थियो ।
आगो दुईघण्टा पछि नियन्त्रणमा आएको थियो । तिन वटा शाखामा आगो लागेपनि क्षति भने अन्य शाखामा भएको छ । आगलागिले प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमका कागजपत्र समेत जलाएको छ । नगरपालिकामा आपतकालिन बैठक बसेर क्षतिको बिवरण संकलन गरिएको छ । नगरपालिकामा २४ घण्टा हेरालाको रुपमा कर्मचारी ब्यबस्थापन गर्ने, क्षति भएको संरचना पननिर्माण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।