• होमपेज
  • राजनीति
  • राप्रपा(संयुक्त) र राप्रपाबीच मध्यरातमा एकताकाे घाेषणा, तीन जना अध्यक्ष रहने

राप्रपा(संयुक्त) र राप्रपाबीच मध्यरातमा एकताकाे घाेषणा, तीन जना अध्यक्ष रहने

  • आइतवार, फाल्गुन २५, २०७६
राप्रपा(संयुक्त) र राप्रपाबीच मध्यरातमा एकताकाे घाेषणा, तीन जना अध्यक्ष रहने

काठमाडौं — राप्रपा(संयुक्त) र राप्रपाबीच मध्यरातमा एकताकाे घाेषणा भएकााे छ । लामो छलफल र संवाद पछि राप्रपा(संयुक्त) र राप्रपा बिच एकता भएकाे हााे ।

एकताकाे सहमतिमा पशुपतिशमशेर जवरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले हस्ताक्षर गरेेेेेकाे राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठकले दैनिकीलाई जानकारी दिए । एकतापछि पार्टीको नाम राप्रपा नै रहनेछ । सहमतिअनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन् । यसअघि एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा एकीकरणको सम्भावना टरेको थियो ।

शनिबार रातिको सहमतिअनुसार हाल कायम रहेका दुबै दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ । तर झण्डा भने थापा नेतृत्वले हाल प्रयोग गर्दै आइरहेको दलको नै राख्ने सहमति छ । यसैगरी दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच बनेको छ । हालका लागि भने रप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पर्टीको महाधिवेशन गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार