बाजुराका केही स्थानिय तहले वातावरणीय मुल्याकंन गरेको भएपनि अध्यन कागजमै सिमित भएका छन् । अध्यनन अनुसार सडक निर्माण गर्दा बिरुवा रोप्नु पर्ने ठाँउमा बिरुवा रोप्ने, कतै नहर बाटो वा अन्य संरचना भत्काएमा निर्माण गर्नुपर्ने भएपनि स्थानिय तहले आफ्नो मनोमानी रुपमा सडक खनिरहेका छन् । अध्ययन भएका अहिले सम्म एउटा पनी कार्यन्वयन गरेका छैनन् ।
जिल्लामा हिमाली, गौमुल, स्वमाीकार्तिक गाँउपालिका र बुढिनन्दा नगरपालिकाले १४ वटा सडकहरुको वाताबरणीय प्रभाब मुल्याकंन गरेको वताएको छ । तर बनेका छन् दराजमै थन्काईएका छन्, एक कर्मचारीले वताएका छन् । बुढिनन्दा नगरपालिका अधिकृत रामदत्त न्याउपानेले भने अध्ययन त गरेका छौ, अंग्रेजीमा रिपोट हुन्छ, अहिले सम्म एउटा योजनाको पनि समिक्षा नगरेको ल्याएदेखि पोका पारेर राखेका छौ, त्यहि अबस्थामा रहेको वताए । उनका अनुसार यो त खालि प्रक्रिया पुयाउने अध्ययनमा खर्च गर्ने मात्र माध्यम भएको वताए । अहिले सम्म त्यो रिपोट हेरेर काम नभएको उनको दाबि रहेको छ ।
सडक निर्माण गर्दा पछि बायो इन्जीनिरियङ्ग गर्नुपर्ने हुन्छ, तर १४ वटा सडकमा कागजमा रिपोट बनेको छ, तर रिपोट अनुसार कुनै पनि अध्ययन र काम नभएको पाईएको छ । बुढिनन्दा नगरपालिकामा बेलडाँडा कापकोट सडकमा धेरै जंगल पर्ने गरेको छ, करिब ५ किलोमिटर जंगलनै पर्ने गरेको छ । उक्क्त सडकमा वाताबरणीय प्रभाब मुल्याकंन गरेको वताएको छ, बिरुवा फडानी भइरहेका छन्, अरु बिरुवा रोप्ने कुनै प्रक्रिया समेत नभएको स्थानियले वताएका छन् । कतै बाटो भत्काएका छन्, कतै खानेपानी भत्काएको छ तर पुननिर्माण केही नभएको पाईएको छ ।
नागरिक समाजका अगुवा जनेश भण्डारीले भने वाताबरणीय अध्ययन त खालि प्रक्रिया पुयाउने जस्तो काम मात्र भएको वताए । कतै प्रयोग भएको पाईदैन्, स्थानिय तहले दराजमा थन्काइएको अबस्था रहेको वताए । योजना निर्माण हुँदा न त उपभोक्तालाई जानकारी हुन्छ न प्राबिधिकलाई भण्डारीले थपे ।
।